गण्डकी प्रदेशमा थप २ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु
" प्रदेशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ३६ "
तपाईको प्रतिक्रिया





गण्डकी प्रदेशमा थप २ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ।
गोरखा र नवलपरासीका १÷१ जनाको पछिल्लो पटक कोरोना संक्रमणबाट ज्यान गएको हो ।
गोरखाको बारपाक सुलिकोट ६ का ४५ वर्षीय महिलाले कोरोनाबाट ज्यान गुमाएकी छिन् ।
उनको उपचारका क्रममा काठमाडौंको बयोधा अस्पतालमा यही असोज १५ गते ज्यान गएको हो । उनी किड्नी सम्बन्धी रोगबाट ग्रसित रहेकी थिइन् ।
यता नवलपरासी (ब.सु.पू) का १ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।
जिल्लाको कावासोती ५ का ७७ वर्षीय महिलाको कोरोनाबाट आज बिहान चितवन मेडिकल कलेजमा ज्यान गएको हो ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ३६ पुगेको छ ।
Related