पोखरा । प्रदेश ४ सरकारले आफनो नीति तथा कार्यक्रम सोमबार सार्वजनीक गरेको छ । प्रदेश ४ का प्रदेश प्रमुख बाबुराम कुवँरले सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरका हुन्।
प्रदेश सरकार गठन भएको २ महिनापछि असार सम्मका लागि नीति तथा कार्यक्रम सार्वजनीक गरेको नीति तथा कार्यक्रममा प्रदेश ४ को समृद्धिका लागि पर्यटन, ऊर्जा, कृषि र उद्योगलाई नीति तथा कार्यक्रमले मुख्य आधार मानेको प्रस्तुत नीति तथा कार्यक्रममा प्रस्तुत गरिएको छ।
प्रदेश सरकारले पहिलो वर्ष कानुन तर्जुमा तथा तथ्यांक वर्ष र आगामी वर्ष प्रादेशिक संरचना निर्माण वर्षका रूपमा मनाउने समेत उल्लेख गरेको छ। प्रदेश चारले ५ बर्षमा पर्यटनमा प्राथमिकताका साथ लगानी बढाउने नीति तर्जुमा गरेको छ ।
समृद्ध नेपाल र सुखी नेपालीको राष्टिय अभियानलाईमा प्रदेश सरकार प्रतिबद्ध रहेको र स्वदेश तथा विदेशमा रहेका गैर आवासीय नेपालीलाई प्रदेशमा लगानी गर्नका लागी अपिल गरिएको छ । प्रदेशमा आर्थिक क्रियाकलाप विस्तार गर्न लगानी मैत्री आर्थिक नीति, वातावरण र शासकीय प्रवन्ध मिलाउने प्रदेश सरकारले नीतिमा उल्लेख गरेको छ । प्रदेशमा लगानी बढाउन २०७५ सालमा लगानी सम्मेलन आयोजना समेत गरिने नीति कार्यक्रममा उल्लेखछ।
प्रदेशको नीति तयार गर्दा सामाजिक न्याय, लैगिंक समानता, समानुपातिक समाबेशीकरण, समतामुलक समाजको आधार निर्माणमा केन्द्रित गर्ने जनाएको छ । प्रदेशको विकास र समृद्धिका लागि मुख्य पर्यटन, ऊर्जा, कृषि र उद्योगलाई आधार मानेर नीति तथा कार्यक्रम ल्याइएको छ ।
प्रदेश ४ का जिल्लालाई प्राथमिकतामा राखेर सरकारले अन्य कुरालाई पनि कसरी समेट्छ भन्ने सन्देश नीति तथा कार्यक्रमको ९५ वटा बुँदामा समेटेको छ । निर्धारण गरिएको प्राथमिकता र त्यसका लागि आवश्यक पूर्वाधारमा जोड दिने कार्यक्रममा उल्लेख गरिएकोछ।
प्रदेश सरकारले जनतालाई सकारात्मक सन्देश प्रवाह गर्न केन्द्रीय सरकारले आन्तरिक ब्यवस्थापनको लागि भन्दै बिनियोजन गरेको एक अर्ब दुई करोड बजेटमा आधारित भएर नीति तथा कार्यक्रम ल्याइएको हो ।
नीति तथा कार्यक्रममा प्रदेश ४ मा ऊर्जाको प्रचुर सम्भावनालाई सदुपयोग गर्दै समृद्ध प्रदेश बनाउने कुरा समेटिएको छ ।
यसअघि चार नम्बर प्रदेश मन्त्रिपरिषदको पहिलो बैठकले ५ वर्षमा सुविधासम्पन्न अन्तर्रा्ष्ट्रिय सम्मेलन केन्द्र निर्माण, उज्यालो प्रदेश अन्तर्गत २ वर्ष्भित्र हरेक गाउँबस्तीमा बिजुली, ५ वर्ष्भित्र सुविधासम्पन्न अस्पतालहरुको निर्माण (मुटु,क्यान्सर,न्यूरो अस्पताल), ५ वर्ष भित्र स्थानीय तहको केन्द्रलाई प्रदेश राजधानीसँग सडक संजालामा जोड्ने योजना सार्वजनिक गरेको थियो। पहिलो मन्त्रीपरिषद्को बैठकले ल्याएका योजना समेत नीति तथा कार्यक्रममा समाबेश गरिएको छ।
शूभेच्छा न्यूज

Related