कोरोना संक्रमित नेकपा सचेतक शान्ता चौधरी आईसीयूमा शुभेच्छा न्यूज /२४ आश्विन २०७७, शनिबार १०:४५ , प्रकाशीत कोरोना भाइरसको संक्रमण भएकी सत्तारुढ दल नेकपाकी सचेतक शान्ता चौधरीलाई आईसीयूमा सारिएको छ । चौधरीलाई शुक्रबार राति आईसीयूमा सारिएको हो । वीर अस्पतालमा उपचाररत चौधरीलाई श्वासप्रश्वासमा समस्या भएपछि आईसीयूमा सारिएको उनको सचिवालयले जनाएको छ । श्वासप्रश्वासमा कठिनाइ भएको उनले तीन दिनअघि नै सामाजिक सञ्जालमार्फत् जानकारी गराएकी थिइन्। चौधरीमा यही असोज १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा कोरोनाको लक्षण देखिएको थियो । शान्ता चौधरी स्तन क्यान्सरबाट समेत पीडित भएकी थिइन् । उनले क्यान्सरको उपचार भारतको नयाँदिल्लीमा गराएकी थिइन् । क्यान्सर रोगको उपचारका लागि सरकारले दिएको पाँच लाख रकम बचेपछि उनले सरकारलाई नै फिर्ता गरेकी थिइन् । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
कोरोना भाइरसको संक्रमण भएकी सत्तारुढ दल नेकपाकी सचेतक शान्ता चौधरीलाई आईसीयूमा सारिएको छ ।
चौधरीलाई शुक्रबार राति आईसीयूमा सारिएको हो । वीर अस्पतालमा उपचाररत चौधरीलाई श्वासप्रश्वासमा समस्या भएपछि आईसीयूमा सारिएको उनको सचिवालयले जनाएको छ ।
श्वासप्रश्वासमा कठिनाइ भएको उनले तीन दिनअघि नै सामाजिक सञ्जालमार्फत् जानकारी गराएकी थिइन्।
चौधरीमा यही असोज १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा कोरोनाको लक्षण देखिएको थियो ।
शान्ता चौधरी स्तन क्यान्सरबाट समेत पीडित भएकी थिइन् । उनले क्यान्सरको उपचार भारतको नयाँदिल्लीमा गराएकी थिइन् ।
क्यान्सर रोगको उपचारका लागि सरकारले दिएको पाँच लाख रकम बचेपछि उनले सरकारलाई नै फिर्ता गरेकी थिइन् ।
Related