पोखराको जीएमसीमा उपचाररत पुरुषसहित गण्डकीमा २ जनाको कोरोना संक्रमणबाट मृत्यु
"प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४० "
तपाईको प्रतिक्रिया





गण्डकी प्रदेशमा थप २ कोरोना संक्रमितको मृत्यु भएको छ । स्याङ्जा र नवलपुरका १/१ संक्रमित पुरुषको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
स्याङ्जाको आँधिखोला गाउँपालिका ६ स्थायी ठेगाना भई बुटवल बस्दै आएका ८१ वर्षे वृद्ध र नवलपुरको गैंडाकोट नगरपालिका १ का ३६ वर्षे पुरुषको मृत्यु भएको हो ।
निर्देशनालयका अनुसार स्याङजा स्थायी ठेगाना भई गण्डकी मेडिकल कलेजमा उपचाररत ८१ वर्षीय वृद्धको गएराति मृत्यु भएको हो ।
संक्रमित वृद्धमा मृगौला र मुटु सम्बन्धी समस्या रहेको थियो । उहाँमा हिजो मात्र कोरोना पुष्टि भएको थियो ।
त्यसै गरी कलेज अफ मेडिकल साइन्स चितवनमा उपचाररत नवलपुर गैँडाकोट १ का ३६ वर्षीय युवकको कोरोनाबाट मृत्यु भएको निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार असोज २० गते कोरोना पुष्टि भएका युवकको उपचारको क्रममा मृत्यु भएको हो ।
यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ ।
Related