कोरोना भाइरसको संक्रमणबाट रुपन्देहीका चारसहित थप ८ संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रूपन्देहीका ४, सुनसरीका २ र बाँकेका २ छन् ।बुटवल–११ का ८४ वर्षीय संक्रमित वृद्धको अस्पताल लैजादै गर्दा मृत्यु भएको छ ।
यस्तै बुटवल ११ की ६१ वर्षीया वृद्धाको उपचारको क्रममा कोरोना विशेष अस्पताल बुटवलमा आइतबार बिहान २ बजे मृत्यु भएको छ ।
बुटवल–१ का ७० वर्षीय वृद्धको पनि शनिबार राति १० बजे कोरोना विशेष अस्पताल वुटवलमै मृत्यु भएको छ ।
असोज २२ गते कोरोना संक्रमण पुष्टि भएका उनी शनिबार नै अस्पताल भर्ना भएका थिए ।
यस्तै तिलोत्तमा नगरपालिका–३ का ६६ वर्षीया वृद्धाको पनि कोरोनाले मृत्यु भएको छ।उनको शनिबार दाङको बेलुझण्डीस्थित कोरोना विशेष अस्पताल मृत्यु भएको अस्पतालले जनाएको छ ।
विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएको छ । हरिनगर गाँउपालिका ४ का ७१ वर्षीय वृद्ध र दुहबी ३ की ४० वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।
यस्तै सुनसरीको दुहबी ३ की महिलाको पनि उपचारका क्रममा मृत्यु भएको छ । असोज २० गते अस्पतालमा भर्ना भएकी उनको पनि कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।
बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत थप दुई सङ्क्रमितको मृत्यु भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका– १० ट्राफिक चोकका ८४ वर्षीय वृद्ध र कोहलपुर नगरपालिका- ८ निवासी ७१ वर्षीया वृद्धाको शनिबार राति भेरी अस्पतालको कोरोना आइसोलेसन वार्डमा मृत्यु भएको हो ।

Related