पोखरा । यातायात व्यवसायीले सिन्डिकेट लाद्न नपाए बैंकको सवारी कर्जा नतिर्ने चेतावनी दिएका छन् । सोमबार गण्डकी–धौलागिरि अञ्चल सार्वजनिक यातायत व्यवसायी समन्वय समिति पोखराले आयोजना गरेको पत्रकार सम्मेलनमा उनीहरूले बैंकको ऋण नतिर्नेदेखि भाडा पनि आफूखुसी लिने चेतावनी दिएका छन् ।
सो क्रममा उनीहरूले प्रदेश ४ को मुकाम पोखरामा यातायात व्यवस्थापन चौपट पार्ने चेतावनी पनि दिए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमातहतका यातायात व्यवस्था विभागले जारी गरेको यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, ०७४ (संशोधित)को विरोधमा उनीहरूले यस्तो चेतावनी दिएका हुन् । सो क्रममा समितिका वरिष्ठ उपाध्यक्ष योगेन्द्र केसीले माफियाको जालमा परेर राज्यले निर्देशिका ल्याएको टिप्पणी गरे ।
कार्यक्रममा नेपाल यातायात व्यवसायी महासंघले काठमाडौं र सातवटै प्रदेशमा पत्रकार सम्मेलनमार्फत आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने जानकारी दिइयो । पोखरा बस व्यवसायी समितिका सचिव अमृत तिमिल्सिनाले राज्यले कुनै सल्लाह र अध्ययनविना निर्देशिका ल्याएकाले त्यो मान्य नहुने धारणा राखे ।
शूभेच्छा न्यूज

nayapatrica
Related