• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

शिक्षाका नाममा व्यापार गर्ने छुट छैन् ; सांसद बराल

"समय सिमा भित्र रहेर गुणस्तरमा समेत ख्याल दियर उक्त संरचना निर्माण गर्न आग्रह "
  •    शुभेच्छा न्यूज  /२६ आश्विन २०७७, सोमबार १८:२९ ,  प्रकाशीत
  • माछापुच्छ्रे गाउँपालिकाको लाहाचोक स्थित महेन्द्र माविमा मंसिर महिना भित्र सकिने गरी हाल चार कोठे पक्की (आरसिसि) भवन, शौचालय र खानेपानी ट्याङकी निर्माण कार्य सुरु भएको छ ।

    चार कोठे पक्की (आरसिसि) भवन, शौचालय र खानेपानी ट्याङकीको बिद्यालयमा हालै एक समारोहका बिच शिलान्यास समेत गरिएको छ ।

    गण्डकी प्रदेशका सांसद रामजी बराल (जविन) ले उक्त भवनको शिलान्यास गर्दै समय सिमा भित्र रहेर गुणस्तरमा समेत ख्याल दियर उक्त संरचना निर्माण गर्न आग्रह गरे ।

    शिक्षामा व्यापार गर्ने छुट आफुहरुले दिएको बताएका सांसद बरालले केही विद्यार्थीहरु बाध्यताले गर्दा बोर्डिङ गएको जनाए ।

    सामुदायिक बिद्यालयको भौतिक संरचना निर्माण, यातायातको व्यबस्था र गुणस्तरिय शिक्षा सुधारमा खासै ध्यान नदिदा सामुदायिक बिद्यालयमा शिक्षाको स्तर खस्कदै गएको उनको आरोप थियो ।

    व्यक्तिको इच्छा, चहाना र क्षमता अनुसार उनीहरुलाई खुल्ला छाड्नु् पर्ने सांसद बरालले बताए ।

    सिपमुलक शिक्षा आजको आवश्यकता भएको उनले जनाए । सांसद बरालले सवै नागरिकलाई सिप युक्त बनाउन प्रदेश सरकारले प्रदेश विश्वबिद्यालय स्थापना गर्न लागेको बताए ।

    कास्कीको माछापुच्छ«े गाउँपालिकामा महेन्द्र मावि सहितका केही बिद्यालयमा पूनः निर्माण अन्र्तगत करिब १० करोड बजेट विनियोजन भएको जिल्ला समन्वय समिति कास्कीका प्रमुख बयन बहादुर क्षेत्री अधिकारीले दाबी गरे ।

    धेरै दुःखले उक्त बजेट पारिएकोेले महेन्द्र माविमा हाल निर्माण हुने भवन सहितको संरचना समयमै निर्माण गर्न तर कुनै पनि वहाना बाजी नगर्न उनले आग्रह गरे । भौतिक संरचनासंगै गुणस्तरिय शिक्षामा सवै जुट्न प्रमुख अधिकारीले अनुरोध गरे ।

    माछापुच्छ«े गाँउपालिकाका अध्यक्ष कर्ण बहादुर गुरुङले भूकम्पले माछापुच्छ«े गाँउपालिकामा केही प्रभाव परेकोले पुनः निर्माण, खानेपानी ट्याङकी र सौचालय लगायतका संरचनाका करिब २८ वटा योजना आफ्नो क्षेत्रमा परेको जनाए ।

    बिद्यालय व्याबस्थापन समितिका अध्यक्ष रामप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य

    बिष्णु प्रसाद पौडेल, माछापुच्छ«े गाउँपालिका ४, का वडा अध्यक्ष पूर्ण बहादुर शाही, नेकपा जिल्ला कमिटि सचिवालय सदस्य

    प्रमिला अधिकारी, नेकपा का नेता टेकबहादुर श्रेष्ठ, कांग्रेसका नेता मधु सुधन अधिकारी लगायतले शिक्षाको बारेमा चर्चा गरेका थिए ।

    राष्ट्रिय पुनः निर्माण प्राविधिकरण जिल्ला आयोजना कान्वयन इकाई (शिक्षा) कास्कीको आर्थिक सहयोगमा उक्त भौतिक संरचना निर्माणको कार्य सुरु भएको बिद्यालय व्याबस्थापन समितिका अध्यक्ष रामप्रसाद अधिकारीले बताए ।

    करिब ९६ लाखको लागतमा चारकोठे भवन सहित ३ वटा सौचालय र ३ मिटर लम्वाइ, साँढे दुई मिटर चौडाइ र १.५ मिटर गहिराइको पानी ट्याङकी निर्माण हुने भएको अध्यक्ष अधिकारीले जनाए ।

    बिद्यालयमा हाल एक जिर्ण सहित ६ वटा भवन जसमा १८ कोठा रहेको बिद्यालयका प्रध्यानाध्यापक जगन्नाथ अधिकारीले बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.