कास्की । पोखरामा आगामी माघमा हुने १६ औं आहारारा गोल्डकप फुटवल प्रतियोगिताको पुरस्कार राशी बृद्धी गरिएको छ। गतबर्ष बिजेताको लागि ५ लाख एकहजार पुरस्कार प्रदान गरिएकोमा यस बर्ष पुरस्कार राशिमा बृद्धी गरी ७ लाख पु¥याएको आयोजक शहारा क्लवका अध्यक्ष केशव थापाले जनकारी दिए । ‘प्रतेक ३ वर्षमा राशी बृद्धि गर्ने योजना अनुसार यस वर्ष हामीले पुरस्कार राशिमा २ लाख बृद्धि गरेका छौं’उनले भने। ‘यसले खेलाडिहरुलाई थप हौसला र उर्जा प्रदान गर्नेछ।’
प्रतियोगिता सहारा क्लब पोखराको आयोजना तथा हिमश्री फुड्स प्रालिको मुख्य प्रायोजनमा आगामी माघ ९ देखि २० गतेसम्म पोखरा रंगशालामा हुदैछ । आयोजक सहारा क्लबले खेलाडिलाई उत्प्रेरणा प्रदान गर्न विजेता टोलीले पाउने पुरस्कार राशीमा बृद्धी गरेको हो । बिजेता टिमले यस बर्ष ७ लाख एक हजार रुपैयाँको पुरस्कार हातपार्ने छन्। त्यसैगरी उपविजेताले तीन लाख ५१ हजार, ट्रफी, पदक र प्रमाणपत्र पाउनेछन् । गत वर्ष विजेताले ५ लाख एक हजार र उपविजेताले २ लाख ५१ हजार रुपैंयाँ पाएका थिए ।यस बर्ष बिजेतालाई २ लाख र उपबिजेतालाई १लाख पुरस्कार थप गरिएको हो।
पोखरामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै क्लबका अध्यक्ष केशव थापाले प्रतियोगितामा १२ टोलीको सहभागिता रहने जानकारी दिए । उनका अनुसार प्रतियोगितामा आयोजक सहारा क्लब सहित मनाङ मस्र्याङ्दी, थ्री स्टार, त्रिभुवन आर्मी, नेपाल पुलिस, एपिएफ क्लब, संकटा क्लब, युनाइटेड सिक्किम फुटबल क्लब भारत, रमपम झापा ११, उत्तर वरिन्धारा क्लब बंगलादेश, धरान फुटबल क्लब र सुदूरपश्चिम–११ को सहभागिता रहनेछ ।
‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटनको रुपमा स्थापित गरौं’ भन्ने उद्घोषका साथ करिव डेढहप्ता सम्म खेल जारी रहने छ।
क्लवले प्रतियोगितामा सहभागि एक जना दर्शकलाई एक थान स्कुटर समेत प्रदान गर्ने घोषणा गरेको छ । यस अघि सुनको सिक्का बाँडेको क्लवले प्रतियोगितामा पुरस्कार राशि बृद्धीसंगै दर्शकहरु मध्येबाटपनि सम्मान गर्ने योजना अगाडि बढाएको हो।

Related