गण्डकी प्रदेशमा एकै दिन ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
तनहुँ, स्याङ्जा, र लमजुङमा गरि ६ जनाको मृत्यु भएको स्वस्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । थपिने मृतकमा तनहुँका ३ जना रहेका छन् ।
तनहुँको भीमाद नगरपालिकाका एकै परिवारका तीन जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । मृत्यु हुनेमा भीमाद नगरपालिका–६ का ९८, ७५ र ७२ वर्षीय पुरुष छन् ।
तीमध्ये एक बाबु र दुई छोरा हुन् ।
९८ वर्षीय पुरुषको काठमाडौँ स्थित मेडिसिटी अस्पतालमा असोज २५ गते, ७५ वर्षीय पुरुषको काठमाडौँ स्थित बिएण्डवी
अस्पतालमा असोज २४ गते र ७२ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा असोज १९ गते मृत्यु भएको निर्देशनालयले जनाएको छ ।
यस्तै थप मृत्यु हुनेमा स्याङ्जा जिल्ला भिरकोट नगरपालिका २ का ५२ बर्षीय महिलाको पोखरा स्वस्थ्य विज्ञान प्रतिष्ठानमा र बाग्लुङ नगरपालिका २ का ७७ बर्षीय पुरुषको चरक मेमोरियल अस्पतालमा असोज २८ गते मृत्यु भएको छ ।
यस्तै लमजुङ जिल्ला वेशीसहर नगरपालिका २ का ५६ बर्र्षीय पुरुषको अश्विन २७ गते पोखरा स्वस्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।
यो सहित गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४६ पुगेको छ

Related