स्याङजा प्रवेशका लागि कात्तिक १ देखि पिसिआर रिपोर्ट अनिवार्य गरिएको छ ।
स्याङ्जाका प्रमुख जिल्ला अधिकारी उमेश बस्नेतले विज्ञप्ति जारी गर्दै ७२ घण्टाको पीसीआर रिपोर्ट अनिवार्य देखाउनु पर्ने जनाएका छन् ।
पीसीआर रिपोर्ट दिन नसक्ने व्यक्ति क्वारेन्टिनमा बसेर मात्रै घर जान पाउने आदेशमा भनिएको छ ।
जो जहाँ छ, त्यहीँ बसेर चाडपर्व मनाउन पनि प्रशासनले सर्वसाधरणसँग अपिल गरेको छ । सबैलाई चाडपर्व आफ्नै घरमात्रै मनाउन सहजीकरण गरिएको छ ।
विज्ञप्तीमा स्वास्थ्य र सुरक्षाका मापदण्ड विपरित व्यवसाय संचालन र निर्माण जस्ता कार्य गर्नको लागि श्रमिक र कामदार ओसारपसार तथा प्रयोग नगर्न अनुरोध गरिएको छ ।
जिल्लामा रहेका चापाकोट र भिरकोट नगरपालिकामा कोरोना संक्रमीतको संख्या वढ्दै जानथाले पछि पहिलेनै नगरपालिका सिल गरिएको थियो ।
काक्तिक १ गते देखि उच्च जोखिम भएका स्थानहरुबाट यस जिल्लामा प्रवेश गर्दा ७२ घण्टा भित्रको पिसिआर रिपोर्ट साथमा लिएर मात्रै स्याङजा जिल्ला प्रवेश गर्न अनुरोध गरेको प्रजिअ बस्नेतले जानकारी दिए ।
घरबाहीर निस्कदा माक्स र सेनिटाईजरको प्रयोग गर्न अनुरोध गरिएको बस्नेतले बताए ।
सरकारी तथा गैरसरकारी कार्यालयहरु एवं बैंक तथा वित्तीय संस्थाहरु संचालनको हकमा सामाजिक दुरी कायम गरी भिडभाड नहुने गरि संचालन गर्न सकिने विज्ञप्तीमा उल्लेख गरिएको छ ।
नियामक निकाय तथा सम्पूर्ण छाता संगठनहरुले मातहतका कार्यालयमा स्वास्थ्यका मापदण्ड पालना भए नभएको नियमित रुपमा अनुगमन गर्नुपर्ने सोही विज्ञप्तीमा भनिएको छ ।
दसैं लगायतका चाडपर्वमा नागरिकको आवतजावत बढ्न जाँदा कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै यस्तो निर्णय गरिएको हो ।

Related