गण्डकी प्रदेशमा कोरोना संक्रमण भुसको आगो जस्तै दन्कदै, एकै दिन थपिए १ सय ६९ संक्रमित
"एकै दिन थपिए १ सय ६९ संक्रमित "
तपाईको प्रतिक्रिया





गण्डकी प्रदेशमा बिहिबार कोरोना संक्रमितको संख्या सवैभन्दा धेरै भएको छ ।
स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार गण्डकी प्रदेशमा अहिले सम्मकै सवैभन्दा धेरै १६९ जनामा संक्रमण पुष्टि भएको जनाएको हो ।
बिहिबार मात्रै नवलपरासीमा ५८, म्याग्दीमा ४, कास्कीमा ३५, तनहुँमा ११, गोरखामा ७, लमजुङमा ३ र बाग्लुंग ५१ गरी १६९ मा कोरोना पुष्टि भएको छ ।
प्रदेशमा कोरोना संक्रमितको संख्या ५३ सय ५६ पुगेको छ । संक्रमितमध्ये ३४ सय ७० जना निको भएका छन् भने ४७ संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कास्कीका १३, नवलपुर र तनहुँका ९र९, गोरखाका ७, स्याङ्जाका ५, लमजुङका २, बागलुङ र म्याग्दीका १र१ जना छन् ।
Related