राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना बने आकास परियारका अभिभावक
/५ बैशाख २०७५, बुधबार १३:०६ , प्रकाशीत
पोखरा ५ बैशाख ।सरकारको राष्ट्रिय भर्ना अभियान अन्र्तगत राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले पोखराका एक विद्यार्थीलाई विद्यालय भर्ना गराएका छन्।
गोरर्खा जिल्ला (साविक ) भच्चोक गाविस स्थायी घरभै हाल पोखरा लेखनाथ महानगरपालिका वडा नम्वर ५ बस्ने ४ वर्षीय बालक आकाश परियारलाई पस्र्याडको धर्मस्थली आधारभुत विद्यालयमा भर्ना गराई अभिभावककत्व ग्रहण गरेका हुन्।
बाबु सुनिल परियार र आमा सरिता परियारको कान्छा सन्तानका रुपमा २०७० सालमा जन्मिएका आकाशको आर्थिक अवस्था कमजोर रहेका कारण अध्यक्ष तिमिल्सिनाले सम्पूर्ण खर्च ब्यहोर्ने गरि विद्यालयमा बुधबार भर्ना गराएका हुन्।
बाबुको पहिल्यै मृत्यु भएको र आमाले ज्याला मदुरी गरेर तीन छोरी र एक छोरा आकाशको लालनपालन गदै आएकी आमा सीता आर्थिक अवस्था कमजोर भएका कारण बालबच्चालाई बिधालय पठाउन समस्य भएको थियो।
उनी मुटुरोगी र आर्थिक अवस्था कमजोर रहेकोले बालबच्चाको बढाईलेखाईमा सपस्य भएको थियो। बिधार्थीको भर्ना संगै अध्यक्ष तिमिल्सिनाले बालकलाई विद्यालय पोशाक, शैक्षिक समाग्री हस्तान्तरण गरेका थिए।
अध्यक्ष तिमिल्सिनाले आर्थिक अवस्था लगायतका बाध्यताले शिक्षाबाट कुनै पनि बालबालिका बञ्चित हुन नपरोस भन्ने उद्देश्यले सरकारले राष्ट्रिय अभियान संचालन गरेको बताए। ‘आर्थिक अभावमा कुनै पनि बालबालिकाको भविष्य अन्धार हुन नदिन राष्टिय अभियान सुरु भएको छ, अभियानलाई सवैले सहयोग गरौ ।’ ‘आर्थिक अभाव र अभिभावकत्वका कारण बालबालिका शिक्षाबाट बञ्चित हुन नपरोस्।’
कार्यक्रममा पोखरा महानगर वडा नम्वर ५ का अध्यक्ष धनबहादुर नेपालीले समृद्ध र समुन्त नेपाल बनाउन शिक्षा आवश्यक रहेको बताउदै सवैलाई शिक्षाको दायराभित्र ल्याउन आवश्यक रहेको बताए। कार्यक्रममा अध्यक्ष तिमिल्सिनालाई विद्यालयका तर्फबाट विद्यालयका प्रधानाध्यापक केदारनाथ बरालले दोसल्ला ओढाएर सम्मान गरेका थिए।

Related