• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

चीनको कुनमिङ सहरले पोखरा महानगरपालिकालाई ग¥यो स्वास्थ्य सामाग्री सहयोग

  •    शुभेच्छा न्यूज  /२ कार्तिक २०७७, आईतवार १७:५८ ,  प्रकाशीत
  • पोखरा महानगरपालिकालाई चीनको भगिनी सहर कुनमिङले स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

    कुनमिङ सहरबाट आएको स्वास्थ्य सामाग्री आइतबार पोखरा महानगरलाई हस्तान्तरण गरिएको छ ।

    पोखरा महानगरका प्रमुख मानबहादुर जिसी, उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृतलाई संयूक्त रुपमा नेपाल चीन जनमैत्री संघ पोखराका अध्यक्ष विश्वशंकर पालिखेले हस्तान्तरण गर्नुभयो ।

    कुनमिनले २० हजार सर्जिकल मास्र्क, दुई हजार पीस केएन९५ मास्र्क, ७ सय ५० पीस पिपिई ग्राउण्ड र चार सय थर्ममिटर सहयोग गरेको पालिखेले बताउनुभयो ।

    पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले कोरोना भाइरससंगको लडाईमा भगिनी सम्वन्ध स्थापित सहरबाट प्राप्त सहयोग महत्वपूर्ण रहेको बताउनुभयो ।

    कुनमिङले गत जेठमा पनि पोखरा महानगरलाई स्वास्थ्य सामाग्री सहयोग पठाएको थियो । कुनमिङले ३१ लाख मुल्य बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको पोखरा महानगरका बैदेशिक समन्वय सहजकर्ता लक्ष्मण तिमिस्लिनाले बताउनुभयो ।

    चीनबाट सामग्री ल्याउने समन्वय विश्वशंकर पालिखेले गर्नुभएको थियो । नेपाल र चीनका नाकाहरु बन्द भएका कारण हवाई सेवा मार्फत स्वास्थ्य सामाग्री नेपाल ल्याएको पालिखेले बताउनुभयो ।

    भगिनी सम्बन्ध जोडेका चीनका लिञ्जी, ग्वाङ्झाओबाट समेत गत जेठमा एक करोड बराबरको स्वास्थ्य सामग्री प्राप्त भएको पोखरा महानगर समन्वयकर्ता लक्ष्मण तिमिल्सिनाले जानकारी दिनुभयो ।

    कुनमिङसंग सन् २००१ मा पोखरा महानगरले भगिनी सम्वन्ध स्थापित गरेको थियो । हाल सम्म महानगरले १३ वटा देशसँग मितेरी सम्वन्ध स्थापना गरेको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.