• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गण्डकी प्रदेश ट्राफिक कार्यालयले बनायो चाडबाड लक्षित सुरक्षा योजना

  •    शुभेच्छा न्यूज  /२ कार्तिक २०७७, आईतवार २०:०७ ,  प्रकाशीत
  • गण्डकी । गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयले चाडपर्वलाई लक्षित गर्दै सुरक्षा योजना बनाएको छ।

    ट्राफिक प्रहरीले बडा दशैँ, तिहार, नेपाल संवत्, ल्होसार, छठलगायत पर्वलाई लक्षित गर्दै सुरक्षा योजना सार्वजनिक गरेको हो ।

    गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयले प्रदेश अन्तरगतका ११ जिल्लामा रहेका आफ्नो मातहतका कार्यलय मार्फत कात्तिक १ गतेदेखि लागू हुने गरी सुरक्षा योजना कार्यान्वय गरेको हो ।

    चाडपर्वमा सवारी दुर्घटना कम गरी सडकमा आवागमन सहज बनाउने मुख्य योजना सहित देशमा बढ्दो कोभिड संक्रमण बच्न र

    बचाउने सरकारको योजनालाई कार्यान्वयन गर्ने गरी सुरक्षा योजना बनाइएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।

    उनले कार्यान्वयनको अवस्थालाई अनुगमन गर्न वरिष्ठ प्रहरी अधिकृतको संयोजकत्वमा समिति समेत बनाएको बताए।

    उनका अनुसार सुरक्षा योजनामा सार्वजनिक सवारीमा निर्धारित भाडादर लागू भए नभएको अनुगमन गर्ने, दुर्घटनालाई न्यून गर्ने, मुख्य राजमार्गमा दुर्घटना भएमा कम्तीमा १० मिनेटभित्र ट्राफिक प्रहरी घटनास्थलमा पुगे उद्धार तथा कारबाही गर्ने लगायतका विषय समेटिएको छ ।

    ट्राफिक प्रहरीले सवारी साधनको छतमा यात्रु चढेर यात्रा गर्ने, क्षमताभन्दा बढी यात्रु राखेर सवारी साधन चलाउने लगायत गतिविधि नियन्त्रण गर्न थप जाँचको व्यवस्था गर्ने जनाएको छ।

    त्यसैगरी सवारी साधनको कमी हुने अवस्था आएमा यातायात कम्पनीसँग समन्वय गरी थप सवारी साधन सञ्चालन गर्ने व्यवस्था

    मिलाउने र जिल्लाका प्रवेश नाकाहरुमा १९ यात्रु सहायता कक्षको स्थापना गरी यात्रुलाई सह्जिकरण गर्ने योजना समेत समेटिएको छ।

    सडक सुरक्षा योजनामा गण्डकीमा २ सय ८५ जना ट्राफिक प्रहरी परिचालन हुने भएका छन् ।प्रदेशका ११ वटै जिल्लामा २ सय ८५ ट्राफिक खटिने उल्लेख छ ।

    प्रदेशका ६५ स्थानमा पिकेट ड्युटी गर्न १ सय ३० जना प्रहरी खटिने छन् । ३१ स्थानमा विशेष चेकिङ गरिने जनाइएको छ ।

    सडक दुर्घटनाका घटना भएमा तत्कालै खटिने मोबाइल टोली ५४ जनाको छ । विपत उद्धारको कार्यमा ५६ जनाको १२ टोली रहने छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.