• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा पेट्रोलियम पदार्थ शुक्रवार सम्म सहज हुने

  •      /५ बैशाख २०७५, बुधबार १५:०२ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज

    पोखरा । पेट्रोलियम पदार्थ ढुवानी टयाङकर चालकको आन्दोलनका कारण पोखरामा देखिएको पेट्रोलियम पदार्थको अभाव शुक्रवार सम्म सहज हुने भएको छ।
    गत बैशाख २ गते विरगन्जमा टयाङकर चालक माथी प्रहरीले हातपात गरेको भन्दै टयाङकर चालकहरु आन्दोलित भएका थिए । ट्याङकर चालकहरुले प्रेट्रोलियम पदार्थ नै लोड नगरि आन्दोलनमा उत्रिएपछि ढुवानी नहुदा बजारमा अभाव देखिएको हो ।
    भारतमा दुइ दिन सार्वजानिक विदासंगै चालकहरुको आन्दोलनका कारण नेपाली ट्याङकरहरुले प्रेट्रोल र डिजेल भर्ना पाएका थिएनन् । चालक आन्दोलन फिर्ता हुदाँ पनि लोड भएका टयाङकर नआइपुग्दा पोखरामा पेट्रोलियम पदार्थ अभाव देखिएको नेपाल अयाल निगम गगन गौडा डिपोका प्रमुख नवविनोद पोखरेलले बताए ।
    डिपोले बुधबार मात्रै ८४ हजार लिटर पेट्रोल र १ लाख २४ हजार डिजेल पोखरा बजारमा पठाएको छ ।
    शुक्रबार देखी पुर्ण रुपमा समाधान हुने नेपाल पेट्रोलीयम डिर्लस एशोसियसन कास्कीका अध्यक्ष राजन गौंगजुले जानकारी दिए । उनले भने ‘पेट्रोलीयम पद्धार्थको अभाव आंशिक रुपमा भएको छ, शुक्रबार देखी चाहिए जति पाइन्छ ।’
    उनका अनुसार अब सवारी साधानले पेट्रोलियम पदार्थको लागि लाइन बस्नु पर्ने छैन। बुधबार पोखराका २१ वटा पेट्रोलपम्पबाट पेट्रोलीयम पद्धार्थको वितरण गरिरहेको छ।
    कास्कीमा ३६ वटा पेट्रोल पम्पहरु छन । पोखराको गगनगौडा डिपोमा ३ लाख ५० हजार लिटर पेट्रोल र २२ लाख लिटर डिजेल भण्डारण क्षमता छ ।
    पेट्रोलीयम पद्धार्थलाई सहज बनाउन नेपालगञ्जबाट पनि ट्याङकर पोखरा आईरहेको आयल निगनले जनाएकोछ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.