गण्डकीमा एकै दिनमा अहिले सम्मकै धेरै २ सय ३३ कोरोना संक्रमित थपिए
"संक्रमितको संख्या ५ हजार ९६० "
तपाईको प्रतिक्रिया





गण्डकी प्रदेशमा थप १४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यस अघि शोमबारनै ९० जनामा संक्रमण पुष्टि भएको थियो । यो सहित गण्डकी प्रदेशमा सोमबार मात्र २ सय ३३ जनामा संक्रमण भेटिएको हो ।
प्रदेशमा एकै दिन यति ठूलो संख्यामा कोरोना संक्रमण देखिएको पहिलो हो ।
थपिनेमा कास्कीका ९८, बागलुङका २०, तनहुँका १९, स्याङ्जाका ४ र लमजुङका २ जना छन् ।
योसहित गण्डकीमा संक्रमितको संख्या ५ हजार ९६० पुगेको छ।प्रदेशमा अहिले सम्म ५२ जनाको कोरोनाका कारण मृत्यु भएको छ।
Related