पसलबाट चोरेको रिचार्ज कार्ड मोवाइमा रिचार्ज गरेपछि चारीको पोल खुल्यो, २ जना प्रहरी खोरमा
तपाईको प्रतिक्रिया





पोखराबाट प्रहरीले चोरीका सामान सहित दुई जनालाई पक्राउ गरेको छ ।
किराना पसलबाट नगद र मोवाइलको रिचार्ज कार्ड चोरी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा तनहुँ रिसिंङ गाउँपालिका वडा नं २ घर भइ हाल पोखरा महानगरपालिका ८ न्युरोड बस्ने ३० वर्षीय मधु थापा र
कास्की माछापुछ्रे गाउँपालिका वडा नं ४ लाहाचोक बस्ने ३८ वर्षीय सूर्य बहादुर घर्ती रहेको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता सुवास हमालले जानकारी दिए ।
प्रवक्ता हमालका अनुसार गत असोज २४ गते माछापुछ्रे गाउँपालिकाको लाहाचोकस्थित तुलसी अधिकारीको किराना पसलबाट रिचार्जकार्ड, एक लाख तीस हजार नगद र औंठी लगायतका सामान चोरी भएको थियो ।
घटनाको जानकारी लगत्तै जिल्ला प्रहरी कार्यालय सहित मातहत वडा प्रहरी कार्यालय वगरबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गर्ने
क्रममा लाहाचोकका सूर्य बहादुर घर्तीले चोरी भएको रिचार्ज कार्ड प्रयोग गरेको खुलेपछि प्रहरीले उनलाई सतहत्तर हजार दुई सय सहित पक्राउ गरेको थियो।
पक्राउ परेका सूर्यले उक्त रिचार्ज कार्ड मधुसंग लिएको बताएपछि प्रहरीले मधु थापाको न्यूरोड स्थित डेरामा खानतलासी गरी चोरीएका सामान सहित मधुलाई प्रहरीले पक्राउ गरेको हो ।
Related