संघीय सरकार कोरोना संक्रमितको निःशुल्क उपचार गर्नबाट पन्छिएपछि प्रदेश सरकारहरुले त्यसलाई निरन्तरता दिने भएका छन्।
गण्डकी प्रदेशले संक्रमितको उपचार निःशुल्क रुपमा गर्ने भएको हो।
यसअघि लुम्बिनी प्रदेशले पनि संक्रमितको निःशुल्क उपचार गर्ने निर्णय गरेको थियो। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले संक्रमितको उपचारको जिम्मा प्रदेश सरकारले लिने बताए।
‘यसअघि जसरी उपचार भइरहेको छ। हाम्रो प्रदेशमा त्यसैगरी अघि बढ्छ। शुल्क तिराउने लिने पक्षमा छैनौँ,’ उनले भने।
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार ६७ पुगेको छ। त्यसमध्ये ५४ जना संक्रमितको मृत्यु भएको छ। तीन हजार ६ सय ५ जना निको भएर घर फर्किको गुरुङले जनाए।

Related