पोखरामा १९ सहित गण्डकीमा थप ३८ जनामा संक्रमण पुष्टि
"गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ "
तपाईको प्रतिक्रिया





गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
५ जिल्लामा थप संक्रमित पत्ता लागको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । थपिनेमा कास्कीका १९, पर्बत १६ छन् । यस्तै बागलुङ, गोरखा र म्याग्दीका १ १ जना छन् ।
योसहित गण्डकीमा संक्रमितको कुल संख्या ६ हजार १४३ पुगेको छ । यसपहिले बुधबारनै १८ जनामा संक्रमण पुष्टि भएको थियो ।
गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।
मृत्यु हुनेमा कास्कीका १७, नवलपुरका १०, तनहुँका ९, गोरखाका ७, स्याङ्जाका ५, लमजुङ र बागलुङका ३ र म्याग्दीका २ जना छन् ।
Related