मिटरमा ट्याक्सी चलाउन नमान्ने पोखराका १७ चालक पक्राउ
/६ बैशाख २०७५, बिहीबार १२:११ , प्रकाशीत
पोखरा ६ बैशाख । मिटरमा ट्याक्सी नचलाउने १७ जना ट्याक्सी चालकलाई कास्की प्रहरीले पक्राउ गरेको छ । पोखरा उपत्यका भित्र संचालनमा रहेका ट्याक्सीहरुले चेकजाँचको क्रममा मिटरमा तोकिएको भाडा दर भन्दा बढी भडा लिई तथा मिटरमा जान नमानेको भन्दै कास्की प्रहरीले १७ वटा ट्याक्सी सहित चालकलाई नियन्त्र(ामा लिइ यातायात ब्यवस्था कार्यालय गण्डकीमा आवश्यक कारवाहीको लागि पठाइएको कास्की प्रहरीले जनाएको छ । ट्याक्सीलाई नियन्त्रणमा लिई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को परिच्छेद(६ को दफा ९६ बमोजिमको कसुरमा ऐ ऐनको परिच्छेद(१० को दफा १६० को देहाय २ (ख) बमोजिम आवस्यक कार्वाहीको लागि यातायात व्यवस्था कार्यालय गण्डकीमा आवस्यक कार्वाहीको लागि पठाईएको हो ।
त्यसैगरी कास्की जिल्लाको सुरक्षा स्थितीलाई आकलन गरी तयार पारिएको १५ बुद्धे कार्ययोजना अन्तरगत अपराध नियन्त्रण तथा रोकथाम प्रमुख प्राथमिकता, अबैध लागू औषध कारोबार रोकथाम नियन्त्रण एवं आक्रमक कार्वाही तथा गुण्डागर्दी नियन्त्रणमा शुन्य सहनशिलता र चोरी, तस्करी, कालो बजारी तथा अवैध मदिरा नियन्त्रणमा जोड दिदै नियमित रुपमा हप्तामा १ दिने गरिने बिशेष चेकिङ ( स्वीप अप्रेशन) अन्तरगत कास्की जिल्ला स्थित पोखरालेखनाथ महा(नगरपालिका तथा आसपासका ईलाकाहरुमा व्यापक रुपमा प्रहरी टोलि परिचालन गरी १०८ जना ब्यक्तिलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य जारी रहेको कास्की प्रहरीले जनाएको छ ।

Related