• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

संकटको घडीमा नेपाली जनता टुहुरा बनेका छन्– पूर्वराजा ज्ञानेन्द्र शाह

"जनतालाई बचाउन सके मात्र राज्य बच्ने र राज्य रहे मात्र राजनीति बाँच्ने "
  •    शुभेच्छा न्यूज  /६ कार्तिक २०७७, बिहीबार २०:४१ ,  प्रकाशीत
  • पूर्वराजा ज्ञानेन्द्र शाहले संकटको घडीमा अहिले नेपाली जनता अविभावक विहीन टुहुरा बनेका बताएका छन् ।

    बिहीबार विजया दशमी २०७७ को उपलक्ष्यमा ‘शुभकामना सन्देश’ जारी गर्दै पूर्व राजा शाहले भनेका छन्, ‘जनतालाई बचाउन सके मात्र राज्य बच्ने र राज्य रहे मात्र राजनीति बाँच्ने आत्मबोध सबैमा हुनु पर्दछ ।

    संकटमो घडीमा अभिभावकको क्षमता र हैसियत स्पष्ट हुन्छ भन्ने आम मान्यताका आधारमा हेर्दा सबै नेपाली जनता अभिभावक विहीन टुहुरा बनेको पीडाबोध यति बेला हुँदैछ ।’

    जिम्मेवार पक्ष (सरकार)बाट विपत्तिसँग भिड्दा नागरिक जीवन सहज र सुरक्षित बनाउने व्यवस्थापकीय कौशल प्रस्तुत हुन नसक्दा आम जनताको दैनिक जीवन अत्यन्त कष्टकर बन्दै गएको पनि पूर्वराजा शाहले बताएका छन् ।

    विदेशमा गएर रोजगारीमा लागेकाहरू संकटमा रहेको उल्लेख गर्दै शाहले देशभित्र उनीहरूको श्रम, सीप र सामथ्र्यको सदुपयोग गर्ने कुनै बन्दोबस्त नभएको बताएका छन् ।

    ‘देश, समाज र परिवारको मोह ममताले आएकाहरू पनि फेरि कामका लागि विदेशतिरै लर्काे लागेको मार्मिक अवस्था देखिन्छ,’

    शाहले शुभकामना सन्देशमा भनेका छन्, ‘राहात, रोजगार र रोगको उपचार खोज्दै भौतारिएका जन समूहलाई भरपर्दो आड आधारको आवश्यकता महशुश गराउन सकिएको छैन ।’

    दैनिक जीविकाका लागि अत्यावश्यक पर्ने वस्तुको मूल्यवृद्धि, अभाव र गुणस्तरीयतामा ह्रासजस्ता विषयले जनजीवन पिरोलिएकोप्रति पनि शाहले चिन्ता व्यक्त गरेका छन् ।

    ‘समाजमा अनेक आपराधिक गतिविधि र पिसाच प्रवृत्ति बढ्दो छ, यसले मानसिक तनावको परिस्थिति पनि खडा गरेको छ, आज सबैले बढ्दो आशुरी र भष्मासुरी प्रवृत्तिबाट जनताले उन्मुक्ति चाहिरहेका छन्,’ पूर्वराजा शाहले भनेका छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.