महेश सिंह
सिरहा सबैला नगरपालिका १०,खरियनी बस्ने राजेश कापरका छोरा ३ बर्षीय क्यान्सर पीडित रितेश कापरको उपचारका लागि जय माँ जानकी समाज सेवा नेपालले सहयोग गरेको छ ।
रोजगारीको सिलसिलामा वैदेशिक रोजगारमा रहेका युवाले बालकको उपचारको लागि ४१,५०० रुपैयाँ संकलन गरी सहयोग गरेको हुन्।
सहयोग रकम रोजगारीका लागि साउदी,कतारमा पुगेका स्थानीयहरुले संकलन गरि पीडित परिवारलाई हस्तान्तरण गरिएको जय मा जानकी समाज सेवा नेपाललेका केन्द्रिय अध्यक्ष ललित कुमार कामतिले बताए ।
सहयोग रकम कामतीले पीडित परिवारलाई हस्तान्तरण गरे । परिवारका एकमात्र छोरा रितेश क्यानसर रोगबाट पीडित भई हाल काठमाडौंस्थित कान्ति बाल अस्पतालमा उपचार गराइरहेका छन् ।
बालकको उपचार्थ खर्च धेरै लाग्ने र घरको आर्थिक अवस्था कमजोर भएका कारण रितेशको जीवन रक्षाको लागि सहयोग गरिएको जय माँ जानकी समाज सेवा नेपाल शाखा अध्यक्ष राम सागर मण्डलले बताए।
सहयोग रकम हस्तान्तरण कार्यक्रममा जय माँ जानकी समाज सेवा नेपाल शाखा सचीव रमेश महरा,सदस्य अनुरुध यादव,मलेसिया
अध्यक्ष अजय,कुमार यादव,दुबई अध्यक्ष कामेश्वर यादव,साउदी अध्यक्ष शिव चन्द्र कामती, भारत अध्यक्ष राम उदगार यादव,केन्द्रिय उपाध्यक्ष राम नारायण मण्डल लगायतको उपस्थितिमा रकम हस्तान्तरण गरिएको हो ।

Related