• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गुणस्तरिय सेवा नपाएको भन्दै उजुरी गरेपछि उपभोक्तालाई क्षतिपूर्ति तिर्दै टेलीकम

  •      /६ बैशाख २०७५, बिहीबार १४:१३ ,  प्रकाशीत
  • पोखरा, ०६ बैशाख । सेवा प्रवाहमा ढिलाई गरेको कारण नेपालमै पहिलो पटक सार्वजनिक सेवा प्रदायकले उपभोक्तालाई क्षतिपुर्ती तिर्ने भएको छ । नेपाल टेलिकमका उपभोक्ता अपिल त्रिपाठीले टेलिकमले सेवाप्रवाहमा ढिलाई गरेको र गुणस्तरीय सेवाप्रवाहनगरेको भन्द ैउपभोक्ता संरक्षण ऐन २०५४ को दफा २२ बमोजिम जिल्ला क्षतिपूर्ती समिति, कास्कीमा एक लाख क्षतिपूर्ती माग गर्दै उजुरी दिएका थिए । उजुरी माथी फैसलागर्दै क्षतिपुर्ती समितिले टेलिकमले उपभोक्ता प्रतिको तत्काल दायित्व बहन गर्नु पर्ने बिषयमा उदासिनता देखाएको पुष्टी गर्दै टेलिकमलाई ५ हजार क्षतिपुर्ती भराउने फैसला सुनाएको हो। सार्वजनिक सेवा प्रदायकले समयमा सेवानदिएकै कारण क्षतिपुर्ती तिर्नु परेको यो पहिलो घटनाहो ।
    अपिलत्रिपाठीले नेपाल टेलिकमको ल्याण्डलाइन फोन जडान गर्नको लागीगत माघ २५ गते सम्पुर्ण प्रकृया पुरा गरी लाग्ने शुल्क समेत बुझाएका थिए । त्यसपछी टेलिकमले ३ दिन भित्रफोन जोडिसक्ने जानकारी गराएको थियो । तर, ३ दिनमा फोन जोडिएन । त्यसपछी पटक–पटक फोन गरेर ल्याण्डलाइन जडान गरीदिन अनुरोध गर्दा बिभिन्न बाहाना बनाउदै टेलिकमले आलटाल गरेको त्रिपाठीले बताए । बारम्बार गुनासो गरेपछी फोन त जोडियो तर गुणस्तर हीन । आवाज स्पष्ट नसुनिने, आफ्नै नंवरमा फोन गर्दा अरुकैमा जाने लगायतका समस्या देखिएपछी त्रिपाठीले तत्कालै समस्या समाधान गरीदिन फोन जोड्न आएका कर्मचारीलाई अनुरोध गरे । तर कर्मचारीहरु सुनेको नसुने गरी आफ्नो बाटो लागेको त्रिपाठीले बताए ।
    त्यसपछी त्रिपाठीले नेपाल टेलिकम संग आफुले फोनको शुल्क कहिले बाट तिर्नु पर्छ भनि सोध्दा टेलिकमले फोन नंवर दर्ता भए देखिकै दिनबाट शुल्क लाग्ने बताएपछी उनले टेलिकम संग क्षतिपुर्ती माग गरेका थिए । उनले फोनको कारणले आफ्नो समय बर्बाद भएको, फोन मार्फत गर्नुपर्ने आफ्ना कामहरु प्रभावितभएको र यसबाट आफुलाई मानसिक तनावभएको उल्लेख गर्दै टेलिकम संग एक लाख क्षतिपुर्ती माग गरेका थिए । उजुरी उपर भएको फैसला स्वागत योग्य भएपनी आफ्नो क्षतिभने ५ हजार नभएर १ लाख नै भएको त्रिपाठीले बताएका छन ।
    जिल्ला क्षतिपुर्तीको फैसला चित्त नबुझे ३५ दिनभित्र उच्च अदालत जान सक्ने कानुनी ब्यवस्था छ। तर, त्रिपाठीले आफु उच्च अदालत जाने वानजाने भन्ने बिषयअहिले नै निर्णय नगरीसकेको बताएका छन ।सार्वजनिक सेवाप्रदायकले यसरी क्षतिपुर्ती तिर्न लागेको यो पहिलो पटक भएको उपभोक्तामञ्चकास्कीकाअध्यक्षकपिलनाथ कोइरालाले बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.