पोखरामा ५२ सहित गण्डकी प्रदेमा ८४ कोरोना संक्रमित थपिए
"प्रदेशमा संक्रमितको संख्या ६ हजार ४ सय ५९ "
तपाईको प्रतिक्रिया





गण्डकी प्रदेशमा थप ८४ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् ।
लाईफ केयर डाईग्नोस्टिक एण्ड रिसर्च सेन्टर प्रालि र क्षयरोग उपचार केन्द्र पोखरा गरिएको परीक्षणमा गण्डकीमा थप ८४ जना संक्रमित थपिएका हुन् ।
थपिने संक्रमितमा कास्कीका ५२, नवलपरासी पूर्व ९, पर्वतका ११ , तनहुँका १०, बागलुङ गोरखाका एक/एक जना रहेका छन् ।
संक्रमित सबैलालाई आइसोलेसनमा व्यवस्थापन गर्ने तयारी भइरहेको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
योसँगै प्रदेशमा संक्रमितको संख्या ६ हजार ४ सय ५९ पुगेको छ ।
Related