• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

दुर्घटनाग्रस्त मालिन्दो हटाउन नसक्दा अन्तर्राष्ट्रिय विमानस्थल बन्द, हटाउने प्रयास जारी

  •      /७ बैशाख २०७५, शुक्रबार ०२:५८ ,  प्रकाशीत
  • काठमाडौं : मलेसियाको उडानको क्रममा रहेको मालिन्दो एयर त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल बिहीबार राती दुर्घटनाग्रस्त भएपछि विमानस्थल बन्द रहेको छ। गएरातिदेखि बिमानस्थलबाट हुने सबै उडान अवतरण बन्द रहेको विमानस्थलका प्रबक्ता प्रेमनाथ ठाकुरले बताए। ग्राउण्डेड बिमान हटाउन राति पानी परेकोले सम्भव नभएकोले शुक्रबार बिहानैदेखि प्रयास जारी राखिएको प्रबक्ता ठाकुरले बताए। उन अनुसार अझै विमानस्थल सन्चालनमा आउन झण्डै २ घण्टा लाग्नेछ। मस्कट, फ्लाइ दुवई, कुवेत लगायतका विमान कम्पनीका जहाज बाटोबाटै नयाँ दिल्ली, लखनऊ लगायतका ठाउँमा अवतरण गराइएको छ भने कतार एयर लगायतका केही कम्पनीले शुक्रबारको लागि काठमाडौंको उडान स्थगित गरेका छन्। यसले हजारौँ यात्रुलाई समस्या परेको छ। आन्तरिक उडान भने छिट्टै सन्चालनमा ल्याउने तयारी भइरहेको प्रबक्ता ठाकुरले बताए। गएराति पौने १० बजे मलेसियाका लागि उड्न लाग्दा मालिन्दो एयरको विमान धवानमार्गमा अनियन्त्रित भएर ग्राउण्डेड भएपछि सबै उडान तथा अवतरण अवरुद्ध बनेको हो। मलेसियाको क्वालालम्पुरका उड्न लाग्दा धवानमार्ग छोडेर बिमान चौरतिर पुगेको थियो। बिमान धवानमार्ग भन्दा १ सय ३० फिट दक्षिण पुगेर जमिनमा धसिएको छ। जहाजमा रहेका चालक दलका सदस्यसहित सबै १ सय ३९ यात्रु सकुशल छन्। phile picture

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.