पाेखरामा ६७ जनासहित गण्डकी प्रदेशमा थप ९८ जनामा काेराेना संक्रमण पुष्टि
"गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७,११९ "
तपाईको प्रतिक्रिया





पाेखरा महानगरपालिकाका ६७ जनासहित गण्डकी प्रदेशमा थप ९८ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ ।
क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा नयाँ ७ जना (पहिलो बिज्ञप्ति) लाइफ केयर डाइग्नोस्टिक प्रालि पोखरामा ७२ जना संक्रमितहरु थप भएका हुन् ।
सबै संक्रमितहरु कन्ट्याक्ट ट्रेसिडबाट पहिचान भएका हुन् | संक्रमितहरुलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशद्वारा प्रकाशित बिज्ञप्तिमा जनाइएको छ ।
संक्रमित हुनेहरूमा नवलपरासीका २२ जना, तनहुँका ८ जना, स्याङ्जाका ३ जना, लमजुङका २ जना, गाेरखाका २ जना र पर्वतका १ जना रहेकाे निर्देशनालयले उल्लेख गरेकाे छ ।
यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७,११९ पुगेको छ |
प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ७३ पुगेको व्यहोरा समेत अनुरोध छ |
Related