पोखरामा १८७ सहित गण्डकीमा थप २६९ जनामा कोरोना संक्रमण
"अहिले सम्म ४ हजार १ सय ४६ जनामा निको भएर घर फर्किए "
तपाईको प्रतिक्रिया





गण्डकी प्रदेशमा थप २६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पोखरा महानगरपालिकाका १८७ जना, नवलपुरका २७ जना, लमजुङका ४, म्यादीका ३ जना, बागलुङका ९ जना, तनहुँका २० जना, स्याङजाका ३ जना, पर्वतका १० जना र गोरखाका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसगँ गण्डकीमा ७ हजार ३ सय १६ जनामा पुगेको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देश डा विनोदविन्दु शर्माले जानकारी दिए ।
गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ७५ पुगेको छ ।
अहिले सम्म ४ हजार १ सय ४६ जनामा निको भएर घर फर्किएका छन् ।
Related