कर्मचारीमा संक्रमण देखिएपछि पाेखरा वडा नं १७ काे सेवा बन्द
"रुपमा गाउँपालिककामा समेत रिपार्ट नआउदा सम्म सम्पूर्ण सेवा बन्द "
तपाईको प्रतिक्रिया





पोखरा महानगरपालिकाका वडा कार्यलयहरु एक पछि आर्को बन्द गर्नुपर्ने अवस्थामा पुगेका छन् ।
वडा कार्यलयहरुका कर्मचारीमा कोरोना भाइरस संक्रमण् देखिएपछि एक पछि अर्को गर्दै वडाहरुका कामका बन्द गरिन थालेको हो ।
पोखरामा केही दिन देखि वडानं १, २, १३ र २५ नम्बर कार्यालय पूर्ण रुपमा ठप्प छन् ।
संक्रमण बढ्ने खतरा देखेपछि सूचना टाँसेरै अनिश्चितकालका लागि सेवा बन्दको घोषणा गरिएको हो ।
यसैगरी शुक्रबार वडा कार्यलयका कर्मचारीमा संक्रमण देखिएपछि पोखरा महानगरपालिका वडा नं १७ का सेवा कात्तिक २३ देखि अनिश्चितकाल सम्मका लागि स्थगित गरिएको छ ।
वडा कार्यालयका कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएकोले समुदायमा फैलिन सक्ने अवस्थालाई मध्येनजर गर्दै अर्को सूचना नहुँदासम्मको लागि सेवा प्रवाह स्थगित गरिएको वडा अध्यक्ष तीर्थराज अधिकारीले जानकारी दिएका छन् ।
यसैगरी कास्कीको रुपमा गाउँपालिककाका कर्मचारीमा समेत कोरोना संक्रमण देखिएपछि शुक्रबार देखि कन्ट्रायाक ट्रसिङमा परेका अन्य कर्मचारीको रिपार्ट नआउदा सम्म सम्पूर्ण सेवा बन्द गरिएको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले बताएका छन ।
Related