• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गजुरेलकी पूर्वपत्नी मीनाको मार्मिक पत्र ; तिमी हार मान्ने मान्छे होइनौ- मैले बीसौं तीजका निराहार व्रत बसेकी छु

"तिमी छिट्टै अस्पतालबाट डिस्चार्ज हुनेछौं र बाबु–नानीको सामीप्यमा पुग्ने छौं "
  •    शुभेच्छा न्यूज  /२१ कार्तिक २०७७, शुक्रबार २०:४४ ,  प्रकाशीत
  • हाँस्य कलाकार मनोज गजुरेल र पत्नी मीनाबीच सम्बन्ध विच्छेद भएको लामो समय भइसकेको छ।

    उनीहरुबीच यसबीचमा बोलचाल र आवतजावतसमेत बन्द छ।

    लामो समयको सम्बन्ध टुटेपछि अलग्गिएका यी जोडी यसबीचमा एक्ला एक्लै जीवन यात्रामा अघि बढेका छन्।

    गजुरेल कोरोना भाइरस (कोभिड-१९) संक्रमणले गम्भीर बिरामी भएको खबरले धेरैलाई दुःखी तुल्याएको छ।

    उनी अहिले सशस्त्र प्रहरीको बलम्बुस्थित कोरोना अस्पतालमा उपचाररत छन् ।

    यहीबीचमा सर्वसाधारणदेखि नेता तथा अन्य सेलिब्रिटीले पनि उनको स्वास्थ्य लाभको कामना गरिरहेका छन्।

    गजुरेल बिरामी भएको खबरले धेरै शुभचिन्तकलाई जस्तै उनकी पूर्वपत्नी मीना ढकाललाई पनि निकै पिरोलेको छ।

    मीनाले आफ्नो फेसबुकवालमा लामो स्टाटस लेख्दै मनोजको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन्।

    जिन्दगीले जुनसुकै मोड अख्तियार गरेको भए पनि तिमी कुनै समयको मेरो प्रेमी थियौं। मेरो आफ्नै जन्मदातालाई भन्दा बढी प्रेम

    तिमीलाई गरेरै तिमीसँग एकाकार भएकी थिएँ। हामी एक भएका थियौं र म परम्परा अनुसार तिम्रो सिन्दूरको ऋणी भएकी थिएँ।

    तिम्रो सेवालाई मेरो परम धर्म ठानेर तिमीसँंग मैले जीवनका बीसौं वर्ष पार गरेकी छु।

    तिम्रो र मेरो आत्मीयताका साक्षी दुई प्राण छोरा र छोरी जन्माएकी छु। केही अपवादलाई बाहिर राखेर र मेरा केही खुसीहरूको गला रेटेरै पनि मैले तिमीलाई मेरो सिंगो जिन्दगी अर्पण गरेकी थिएँ।

    भलै समयले तिम्रो र मेरो बीचमा दूरी ल्यायो होला फेरि पनि मेरा दुई सन्तानको जन्मदाताका रुपमा आज पनि म तिमीलाई उत्तिकै सम्मान गर्छु र माया गर्छु।

    आज तिमी आइसियुमा उपचाररत छौं भन्ने समाचारले मलाई विक्षिप्त बनायो।

    जतिसुकै मनमुटाव भएको भए पनि तिमी सिकिस्त भएको म सहन नसक्ने नै रहेछु। आज महसुस भइरहेछ।

    म तिम्रो सुस्वास्थ्यका लागि भगवानसँग प्रार्थना गर्छु। तिम्रो जीवनसँग मेरा दुई सन्तान पनि जोडिएका छन्।

    तिमी ठिक छौं र त उनीहरू ढुक्क छन्, सुरक्षित छन्। छुट्टै भए पनि, टाढै भए पनि तिम्रो सलामतीले मात्रै मेरा सन्तान सलामत छन्, म यो रियलाइज गरिरहेछु।

    मेरो प्रार्थना सुन्छन् भगवानले। तिमी छिट्टै अस्पतालबाट डिस्चार्ज हुनेछौं र बाबु–नानीको सामीप्यमा पुग्ने छौं भन्ने आशामा छु।

    मनोज गजुरेल, तिमी छिट्टै हार मान्ने मान्छे होइनौ- मैले बीसौं तीजका निराहार व्रत बसेकी छु तिम्रा लागि।

    आज पनि तिम्रो दीर्घायुको कामना गर्न छोडेकी छैन। छोराछोरी तिम्रो प्रतीक्षामा छन्…। तिमी र मबीच जस्तासुकै व्यावहारिक बेमेल भए पनि तिम्रो जीवन मेरा लागि महत्त्वपूर्ण छ। हार नमानिदेऊ। छिट्टै रिकभर भएर घर पुगेको देख्न पाऊँ !

    उही तिमीलाई आयुष्मान देख्न चाहने तिम्री पूर्वअर्धाङ्गिनी !

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.