• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

घारिपाटन सहकारीको प्रथम साधारण सभा सम्पन्न

  •    शुभेच्छा न्यूज  /२२ कार्तिक २०७७, शनिबार १७:५५ ,  प्रकाशीत
  • घारिपाटन बचत तथा ऋण सहकारि संस्था लि को प्रथम बार्षिक साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ ।

    साधारण सभाको पोखरा महानगरपालिका वडा न १७ का वडा अध्यक्ष तिर्थराज अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

    अध्यक्ष अधिकारीले सहकारी ऐन र सरकारको निर्देशन अनुसार सहकारीलाई अगाडि बढाऊन अनुरोध गर्दै सहकारी उत्पादनमुखि हुनुपर्नेमा जोड दिए /

    अधिकारीले कोभिड १९ बाट बच्न र बचाउन सबै वडाबासीलाई सु-सुचित गर्न पनि सहकारीले भूमिका खेल्न आग्रह गरे ।

    उनले कोरोना माहामारीको प्रतिकुल पारिस्थितिमा स्वास्थ्य मापदण्ड पालना गरी वार्षिक साधारण सभा सम्पन्न गरेकोमा ख़ुशी प्रकट गरे ।

    कार्यक्रममा विशेष अतिथी वडाका सदस्य एबम पोखरा महानगरपालिकाका कार्यपालिका सदस्य तथा सहकारी समितीका सदस्य

    राधिका शाही योगिले सरकारले बिनियोजन गरेको सहयोग र अनुदानको सहकारीले भरपुर सदुपयोग गरी सेयर सदस्यको आर्थिक अवस्था अझ मजबुद बनाउन प्रयास गर्नु पर्नेमा जोड दिईन।

    कार्यक्रममा संस्थाका अध्यक्ष गोकर्ण क्षेत्रीले बार्षिक प्रतिबेदन तथा भाबी कार्ययोजना प्रस्तुत गर्दै “एक सदस्य एक कागतीको बोट” योजना संचालन गर्न लागेको जानकारी दिए।

    कार्यक्रममा सह-सचिब बिष्णु जिसि, लेखा समितिका संयोजक हरि प्रसाद श्रेष्ठ, सल्लाहकार तोयनाथ लम्साल,लिलकाजी गुरुङ , कोषाध्यक्ष गोबिन्दनाथ योगिले लगायतले मन्तब्य ब्यक्त गरेका थिए।

    अध्यक्ष गोकर्ण क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन सचिब लिल बहादुर घर्तीले गरेका थिए भने स्वागत उपाध्यक्ष कृष्ण कला केसिले गरेको थिइन ।

    सहकारी बिभागको निर्णय तथा पोखरा महानगरपालिका निर्देसित स्वास्थका मापदण्ड पूरा गर्दै कार्तिक २ गतेबाट शुरु भएको साधारण सभा आज समापन गरिएको हो /

    कार्यक्रममा संस्थाका संचालक समितिका पदाधिकारी तथा सदस्यहरु विभिन्न समितिका संयोजक तथा सदस्यहरुको उपस्थित रहेको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.