पोखराको बसपार्कमा बसभित्र अश्लिल क्रियाकलाप गरेको आरोपमा एक जोडि पक्राउ
/७ बैशाख २०७५, शुक्रबार १५:२८ , प्रकाशीत
पोखरा। पोखरा लेखनाथ महानगरपालिका ९ स्थित बसपार्कमा पाकिंडमा रोकीराखेको बस भित्र अश्लिल क्रियाकलाप गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। ना ५ ख ३६२३ नम्बरको बस भित्र बिहीबार राती युवायुवती अश्लिल कृयाकलाप गर्न लागेको अवस्थामा अस्थायी प्रहरी पोष्ट बसपार्कबाट डिउटीमा खटिएका प्रहरी जवान किसान परियार सहितको टोलीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका ९ का विशालजंग शाही र एक महिला रहेकी छन्। उनीहरुले पक्राउ परे पछि प्रहरीलाई दुई हजार रुपैया घुस दिन खोजेको आरोप प्रहरीले लगाएको छ।
दुबै जनालाई प्रहरीले पक्राउ गरी घुस दिएको नगद रकम सहित वडा प्रहरी कार्यालय बैदाममा राखी सार्वजानिक अपराध अन्तर्रगत मुदामा म्याद थपगरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएकोछ।
घुसको प्रलोभनमा नपरी कर्तब्य निष्ठ भएर आफ्नो जिम्मेवारी पुरागरेको भन्दै जिल्ला प्रहरी कार्यलय कास्कीका प्रमुख अशोक सिंहले प्रहरी जवान किसान परियारलाई ७ हजार नगद सहित पुरस्कृत गरेको छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीको १५ बुँदे कार्ययोजना अनुरुप भ्रष्टाचारमा शुन्य सहनशिलता अपनाई पक्राउ गर्ने प्रहरीलाई पुरस्कृत गरेको प्रमुख सिंहले बताए।

Related