कोरोना नियन्त्रण भन्दा बाहिर गइसक्यो अब आफै सुरक्षित बनौं : अर्थमन्त्री किरण गुरुङ
"कोभिडको उपचार सस्तो नभएको र सरकारले संक्रमितको उपचार गर्दा दैनिक ५० देखि एक लाख सम्म खर्च "
तपाईको प्रतिक्रिया





गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले कोरोना भाइरस (कोभिड १९) नियन्त्रण भन्दा बाहिर गएको र अब आफै सुरक्षित रहनुपर्ने आवश्यकता रहेको बताएका छन् ।
अनलाइन पत्रकार संघ गण्डकी प्रदेशले मंगलबार पोखरामा आयोजना गरेको स्वास्थ्य सामाग्री हस्तान्तरण तथा वेभसाइट शुभारम्भ कार्यक्रममा बोल्दै अर्थमन्त्री गुरुङले कोरोनालाई व्यवहारिक ढंगले नियन्त्रणमा लैजानुपर्ने उल्लेख गरे ।
उनले कोभिडको उपचार सस्तो नभएको र हालको समयमा सरकारले संक्रमितको उपचार गर्दा दैनिक ५० देखि एक लाख सम्म खर्च भइरहेको जानकारी गराए ।
यस्तो अवस्थामा सरकारको मात्र भर पर्नुभन्दा आफै सुरक्षित हुनुको विकल्प नभएको उनले बताए। अर्थमन्त्री गुरुङले कोभिड रोकथाम तथा नियन्त्रणमा सबै नागरिकको उत्तिकै भूमिका रहेको बताए ।
स्वास्थ्यकर्मी, चिकित्सकलाई भत्ताको सुविधा उपलब्ध गराउँदा पनि समस्या बेहोर्नुपरेको उनले बताए ।
उनले भने, ‘कोरोना भाइरस हाल सबैको समस्या हो । डाक्टर खटिन मान्दैनन । आफ्नो र आफ्नो परिवारको स्वास्थ्य सुरक्षामा ध्यान पु¥याउ । व्यहारिक ढंगले सबैले बुझ्नुपर्ने आवश्यकता छ ।’
शत्तिशाली देशमा पनि संक्रमित सबैले अस्पतालमा बस्न नपाएको भन्दै अस्पताल भर्ना हुने अवस्था नहुँदा सम्म घरमै सुरक्षित तवरले आइसुलेसनमा बस्न उनको आग्रह छ ।
गण्डकी प्रदेश सरकार कोरोना रोकथामकै बाटोमा हिंडिरहेको अर्थमन्त्री गुरुङले बताए ।
यस अधि प्रदेश सरकारले गरेका कमीकमजोरीलाई आफूहरु स्विकार्न तयार रहेको र आगामी दिनमा सच्याउँदै लगिने बताए । सबै मिलेर नै कोरोनालाई परास्त गर्न सकिने उनको भनाई थियो ।
प्रदेश सरकारले केही समय अगाडि सुचना सार्वजनिक गर्दै ल्याएको लोककल्याणकारी विज्ञापनको विषयलाई सबैको सल्लाह, सुझाव
र प्रतिक्रियाका आधारमा अगाडि बढाइने उनले बताए । उनले भने,‘अहिले हामीले शुरुवात गरेका हौं । गर्दै नगर्नुभन्दा शुरु गर्नु राम्रो हो । सबैको साथ सहयोगबाटै लोककल्याणकारी विज्ञापनलाई सफल बनाउनेमा प्रदेश सरकार छ । ।’
पत्रकारिता क्षेत्रमा गैर पत्रकारहरुको हाबी भएका बेला नियमन गर्नका निम्ति पनि प्रदेश सरकारले यस्तो कार्यको थालनी गरेको उनले जानकारी गराए ।
“दोश्रो जीवनपछि सहयोग गर्ने अवसर जुट्यो”–
समाजसेवी इन्द्र घोतानेले आफ्नो दोश्रो जिवन पछि सहयोग गर्ने अवसर जुटेको बताए।
कोभिड १९ को सक्रमण पछि २५ दिन सधन उपचार कक्षमा र ३० दिन अस्पताल विताएर घर फर्किए पछि कुरा गर्दै सबैको माया,
सदभाव र आर्शिवादले आफूले कोभिड–१९ लाई जित्न सकेको बताए। विदेशमा रहेर पनि समाजसेवा मार्फत दुःखी, असहायलाई
सहयोग गर्न रुचाउने घोतानेले अनलाइन पत्रकारलाई कोभिड–१९ को महामारीमा समेत आफ्नो सक्रियतामा रकम संकलन गरी सहयोग गर्न पाउँदा निकै खुसी लागेको बताए।
“कोभिड १९ को महामारीको समयमा समेत पत्रकारहरुले जोखिमका साथ काम गर्नु भएको छ”, उनले भने। “यो सानो सहयोगले उहाँहरुको हौसला बढ्ने छ ।”
उनको नेतृत्वमा बेलायमा रहेको नेपाली र उनीहरु आबद्ध विभिन्न संघ संस्थाहरुले सहयोग गरेका थिए।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषदका सदस्य सम्पन्न श्रेष्ठ,अनलाइन पत्रकार
संघ गण्डकीका सल्लाहकार केशव पाठक, संघका कोषाध्यक्ष सुनिल पाण्डे लगायतले आ–आफ्ना धारणा राख्नुभएको थियो ।
कार्यक्रम अनलाइन पत्रकार संघ गण्डकीका अध्यक्ष ढाका मोहन ९गणेश० बरालको अध्यक्षतामा भएको थियो ।
Related