• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

रिभानको खहरेखोलामा मोटरेवल पुलको निर्माण सुरु

"श्रोत जुटाएर भए पनि आवश्यकता भएका ठाँउमा पुल निर्माण गछौं मन्त्री बस्नेत "
  •    शुभेच्छा न्यूज  /२५ कार्तिक २०७७, मंगलवार १७:३७ ,  प्रकाशीत
  • कास्कीको माछापुच्छ«े गाउँपालिका ५ स्थित रिभानमा मोटरेवल पुलको निर्माण कार्य सुरु भएको छ ।

    गण्डकी प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय मार्फत ४० मिटर लम्बाई र ८.४० मिटर चौडाईको मोटरेवल पुल निर्माण कार्यको आज (मंगलबार) देखि सुरु भएको हो ।

    एक समारोहका बिच उक्त पुलको आज (मंगलबार) शिलन्यास गर्दै गण्डकी प्रदेशका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री

    रामशरण बस्नेतले आगामी ११ महिना भित्र उक्त पुल गुणस्तरियतालाई ध्यान दिदै निर्माण गर्न निर्माण कम्पनी इन्द्रेणी फेवा जे.भि. पोखरालाई आग्रह गरे।

    गण्डकी प्रदेश सांसद रामजी प्रसाद बराल (जीवन) को बिषेश पहलमा उक्त पुल निर्माण हुन लागेको बताउदै मन्त्री बस्नेतले आवश्यकता भएका ठाँउमा प्रदेश सरकारले पुल तथा झोलुङगे पुल आगामी दुई बर्ष भित्र निर्माण गर्ने भएको दाबी गरे ।

    निर्माण व्यवसायीलाई कठिनाई भएको अबस्थामा साथ सहयोग गर्न स्थानियलाई आग्रह गरेका मन्त्री बस्नेतले अब तोकिएको मिति भित्र कुनै पनि हालतमा निर्माण कार्य सक्नु पर्ने चेतावनी समेत दिए ।

    आवश्यकताको आधारमा झोलुङले पुल र २ सय वटा मोटरेवल पुल आगामी दुई बर्ष भित्र निर्माण गर्ने प्रदेश सरकारको लक्ष्य रहेकोले माछापुच्छ«े गाँउपालिकाको तातोपानीको पुल कुनै श्रोत जुटाएर भए पनि निर्माण गर्ने उनले वचन दिए ।

    गण्डकी प्रदेशमा यस बर्ष आधारभूत खानेपानीको पहुच पुराउने मन्त्री बस्नेतले दाबी गरे ।

    आत्मनिर्भर बनाउने उद्धेश्यले उत्पादनमा दोब्बर बृद्धि गर्ने गरी सरकारले सिंचाईको क्षेत्रमा समेत ठुलो लगानी गरेको उनले जनाए ।

    दुर्गम पालिकासम्म सडक बाटो एवं पिच पु¥याउने गरी प्रदेश सरकारले संघिय सरकारसंगको सहकार्यमा काम गर्दै गरेको जनाएका

    मन्त्री बस्नेतले पहिलाको पुरानो तौर तरिका भन्दा फरक ढंगबाट नाला, ग्याविन, प्रोटेक्सनवाल लगायका कुरामा बिषेश ध्यान दिने गरेको उल्लेख गरे ।

    प्रदेश सरकारले कुनै भौतिक पूर्वाधार निर्माणको सुभारम्भ गर्दा जनताबाट थप विश्वास हुने गरी केही काम सुरुवात भए पश्चात मात्र शिलन्यास गर्ने गरेको समेत मन्त्री बस्नेतले बताए ।

    गण्डकी प्रदेश सांसद रामजी प्रसाद बराल (जीवन) ले प्रदेश सरकार गठन भए पश्चात जनतालाई सरकारको अनुभुति हुने गरी माछापुच्छ«े गाँउपालिकामा समेत केही काम भएको दाबी गरे ।

    माछापुच्छ«े गाँउपालिकाको रातोपानी पुल निर्माण कार्य प्राविधिक हिसावले निर्माण कार्य सुरु हुन नसकेकोमा गुनासो गर्दै सांसद बरालले उक्त पुल यथासक्दो छिटो निर्माण कार्य सुभारम्भ हुने गरी बिषेश पहल गर्न मन्त्री बस्नेत समक्ष आग्रह समेत गरेका छन्।

    उनले भने “ देशकै नमुना पुल बन्ने गरी हामीले त्यसको डिपिआर पनि तयार पारेका छौं, यो प्रदेश सरकारको पनि गौरवको

    योजना हुने छ, पालिका समेत यस पुलले जोड्ने हुँदा यस बर्ष यो पुलको निर्माण कार्य अघि बढाउन नसके माछापुच्छ«ेका जनतालाई ठुलो अन्याय हुने मैले महशुस गरेको छु । ”

    सांसद बरालले मर्दी खोलाले स्थानियलाई धेरै पटक दुःख दिने र पोखरामा जाने पानी समेत दुषित हुने हुँदा त्यसको समाधानको लागि पोखरामा लगिएको पानीको मुहान ३ किलोमिटर माथिल्लो भेगमा सार्नु पर्ने अबस्था आएको बताए ।

    सर्वे भएका दुई वटा पुल निर्माण हुने, रिभान खहरे मोटरेवल पुल, डाँडागाँउ भेडावारी पुल र रातोपानीको पुल निर्माण कार्य

    सम्पन्न भएमा समग्र माछापुच्छ«े गाँउपालिको केन्द्रसंग जोड्ने सहज वातावरण बन्ने जसले विकासका ढोका खुल्ला हुने सांसद बरालले दाबी गरे ।

    माछापुच्छ«े गाँउपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङले प्रदेश सरकारको कुनै पनि योजना सम्पन्न गर्न स्थानिय सरकारले आवश्यक पहल कदमी गर्ने जनाए ।

    रिभानको मोटरेवल पुल हाल निर्माण हुन लागेको उक्त स्थलमा २०७४ साल साउनमा आएको बाढी तथा पहिरोले कल्भड सहित बगाउदा ११ घर परिवार विस्थापित भएको उनले स्मरण समेत गराए ।

    माछापुच्छ«े गाँउपालिका वडा नम्बर ५ का वडा अध्यक्ष जुम बहादुर गुरुङले उक्र पुल निर्माण भएसंगै माछापुच्छ«े, ५, ८ र ९ वडाका करिब ६ हजार जना भन्दा बढी जनता लाभान्वित हुने विश्वास व्यक्त गरे ।

    पूर्वाधार विकास कार्यालय कास्कीका डिभिजन प्रमुख दीनेश घिमिरेले रिवान मोटरेवल पुल तोकिएको मिति २०७८ असोज ३० गते भित्र सम्पन्न गर्ने गरी आफुहरुले बिषेश पहल गर्ने बताए ।

    उक्त पुल ५ करोड ९८ लाख ३० हजार ६ सय ८२ रुपैयाको लागतमा निर्माण हुन लागेको उनले जनाए ।

    माछापुच्छ«े गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत कुमानसिंह गुरुङले कोरोनाको कारण हाल धेरै योजनाहरुलाई असर पार्न थालेको बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.