• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

अनलाइन पत्रकार संघ गण्डकीको ‘स्वास्थ्य सामाग्री हस्तान्तरण र वेभसाइट शुभारम्भ’

  •    शुभेच्छा न्यूज  /२५ कार्तिक २०७७, मंगलवार १९:३० ,  प्रकाशीत
  • अनलाइन पत्रकार संघ गण्डकी प्रदेशले स्वास्थ्य सामग्री हस्तान्तरण तथा वेभसाइट शुभारम्भ गरेको छ ।

    मंगलबार पोखरामा एक कार्यक्रमकाबिच सम्पन्न भएको हो ।

    गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सर्जिकल मास्क, एन ९५ मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको अध्यक्ष गणेश बरालले जानकारी गराए ।

    साथै संघको आधाकारिक वेभसाइट पनि सार्वजनिक गरिएको उनले बताए ।

    बरालका अनुसार वेभसाइटमा सुचना तथा संचार मन्त्रालयमा दर्ता भएर गण्डकी प्रदेशबाट संचालित अनलाइन मिडियाका बारेमा जानकारी उल्लेख गरिनेछ ।

    कार्यक्रमको विषयमा प्रकाश पार्दै संघका सल्लाहकार केशव पाठकले पोखरा १७ निवासी हाल बेलायत रहेका इन्द्र घोतानेको सहयोगमा आफूहरुले स्वास्थ्य सामाग्री वितरण गरेको बताए ।

    उनले घोतानेले संघलाई ९१ हजार रुपैयाँ सहयोग गरेको जानकारी गराए ।

    कोरोना संक्रमण भई २५ दिनको दिन निको भएर काममा फर्केका घोतानेले पोखराका पत्रकारलाई सहयोग गर्न चाहेको र सोहि बमोजिम अनलाइन पत्रकार संघ मार्फत कार्यक्रमको आयोजना गरिएको पाठकले बताए ।

    संघकी उपाध्यक्ष सरिता तिमिल्सिना पंगेनीले स्वागत गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, नेपाल

    खेलकुद परिषदका सदस्य सम्पन्न श्रेष्ठ, अनलाइन पत्रकार संघ गण्डकीका सल्लाहकार रामजी लम्साल लगायतको उपस्थिति रहेको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.