बैतडीको पाटन नगरपालिका-८ खोडपेमा बस दुर्घटना भएको छ ।
गन्नादेखि महेन्द्रनगरका लागि छुटेको पवनदुत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बैतडीको खोडपे बजार नजिकै गएराती साढे १० बजे दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ७ जना पुरुष र २ जना महिला रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नारायण प्रसाद अधिकारीले बताए ।
बस ५ सय मिटर जति तल खसेको छ । दुर्घटनामा मृत्यु भएका दुई जनाको सनाखत भएको छ ।
दुर्घटनामा परी घाइते भएका ३४ जना मध्ये गम्भीर घाइते ७ जनालाई धनगढी रेफर गरिएको छ भने बाँकी २७ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

Related