पोखराले गुमाएको समाजसेवी दानविर गोविन्द बहादुर
"सामाजिक शैक्षिक साँस्कृतिक धार्मिक साहित्यिक र लायन्स बादको उन्नयनमा केसीको योगदान "
तपाईको प्रतिक्रिया





पोखराको लामाचौर मेरो लामो समय कर्मथलो रह्यो ।
करिब २३ वर्ष पत्रकारिता समाजसेवा गरिरहँदा लामाचौेरको माटो सँग मेरो अन्तरँग सम्बन्ध छ ।
यतिवेला म लुम्बिनी प्रदेशको ऐतिहासिक र धार्मिक ठाउँ रुरुक्षेत्रमा रहेको मेरो पुर्खेयौली थलो थोर्गा गाउँमा छु ।तर, पनि आफु धेरै लामो समय बसेको ठाउँ पोखरा र पोखरा भित्रको लामाचौरको सम्झना नआउने कुरै भएन ।
लामाचौर पोखरा नजिकैको एउटा गाउँ जहाँको स्वाभावमा आत्मियपन छ ।लामाचाौर वस्दा कहिल्यै पनि मैले आफ्नो गाउँ छाडेको महशुस गरिन ।
अकला तिर शिर निहुर्याउँदा अकलादेविले आफ्नो हात सधै मेरो शिरमा सुम्सुम्याएको अनुभव हुन्थ्यो ।उत्तरबाट कलकल बग्ने सेतीको छालले मन प्रफुल्ल हुन्थ्यो भने शर्वेश्वर शुरथेश्वर र जलेश्वर महादेवको अनुकम्पा मेरो शिर सधै निहुरिन्छ अझैपनि ।
म पत्रकार सधै समाचारको खोजिमा लाग्ने मान्छे लामाचाौर र बाटुलेचाौरका हरेक सँघ सँस्थाका कार्यक्रममा म नपुग्ने कुरै भएन ।तर, तिनै कार्यक्रमहरुमा एकजना दारिपालेका मोटा मान्छे क्यामेरा बोकेर पत्रकार भन्दा अगाडि पुगेर फोटो खिचेको देख्थे।
अचम्म लाग्थ्यो कति उर्जावान ।शुरुशुरुमा चिनजान थिएन तर पनि वहाँले क्यामेरा चलाउँदा लाग्थ्यो निश्चय पनि सौखिन फोटो ग्राफर हुनुपर्छ ।
पछि लामाचौर बस्दै गर्दा म बस्ने घर तल लिचिको बोट सँगै रहेको परम्परा बादि शैलिको घरमा बस्ने व्यक्ति गोविन्द बहादुर केसी नै शौखिन फोटो ग्राफर र यो क्षेत्रका गनिएका समाजसेवी र लायन्स बादका चर्चित अभियन्ता हुनुहुँदो रैछ ।
लामाचौरको सामाजिक शैक्षिक साँस्कृतिक धार्मिक साहित्यिक र लायन्स बादको उन्नयनमा केसीको योगदान सुन्दा वहाँप्रति जहिले पनि मेरो शिर निहुरिन्थ्यो ।म बस्ने डेरादेखि तिनघर तलको घर गोबिन्द बहादुर केसीको घर हुनाले आउँदा जाँदा भलाकुसारी हुन थाल्यो ।
वास्तबमै वहाँको योगदान समाजसेवा र वहाँको दानविरताले मलाइ सारै प्रभावित पार्याे ।
त्यसपछि धेरै सभा सम्मेलन कार्यक्रममा मेरो सहयात्रा हुन थाल्यो ।कुनै कार्यक्रममा पुगेँ भने केसी बुबा आउनु भयो कि भएन भनेर मेरा आँखाले खोज्न थाल्थे ।ल ज्वाइँ साहब एउटा फोटो हानम त भनेर डिएसएलआर क्यामेरा मलाइ दिनुहुन्थ्यो र मैले फोटो खिच्थे ।
जहिले पनि हँसिलो अनुहार र जाँगरिलो व्यक्तित्व र सधै राष्ट्रिय पोशाकमा रहने वहाँको राष्ट्र प्रेम देखेर गर्व लाग्थ्यो ।
पोखरा बजारबाट एक दिन डेरामा फर्कँदै थिएँ वहाँलाइ घरमै देखेर वहाँको घरमा पसेँ ।
एक एक कप चिया पिएपछि वहाँले आफ्नो फोटो ग्राफिको छ दशक लामो इतिहास सुनाउँदै खिचेका सबै फोटोहरु प्रिन्ट गरेर निकालेका र तिनलाइ संकलन गरेका सयौँ एल्बम देखाउँदा म आश्चर्य चकित परेँ ।
कास्की जिल्लामा भएगरेका कार्यक्रम ईभेन्टहरु समेटिएका हजारौँ फोटोको संकलन वहाँ संग थियो ।लाखौं रकम केसीले फोटो संकलनमा खर्च गरेर ऐतिहासिक काम गर्नु भएको रहेछ ।
आफुले पत्रकारिता गरेकै कारणले वहाँको बारेमा रिपोर्टिङ गर्ने र केसीको फोटो ग्राफिँगलाइ दस्तावेजको रुपमा उतार्ने ईच्छा थियो ।
तर समय परिस्थितिले करिब एक वर्षदेखि म लामाचौरबाट बिदाइ भएर गुल्मी फर्केपछि मैले आफ्नो मिसन पूरा गर्न सकिन ।
गाउँको बसाइ इन्टरनेटको त्यति पहुँच नहुने सामाजिक सञ्जाल फेसबुक खोलेको थिइन अस्ति केके छ नयाँ समाचार भनेर फेसबुक खोल्दा गोविन्द बहादुर केसी हामि माझ नरहेको सारै नमिठो समाचारले मुटु पोल्यो ।
एउटा सिँगो समाजलाइ डोर्याउन सक्ने समाजसेवी अब लामाचौरले गुमाएछ । मान्छे जन्मिन्छ मर्छ तर गोविन्द बहादुर केसीको गरुंगो मृत्युु बन्यो सिँगो समाजका लागि ।
यतिबेला समाजसेवामा खडेरि परेको छ ,नयाँ पुस्ता खासै समाजसेवा प्रति उदासिन रहँदा गोबिन्द बहादुर केसी जस्ता सामाजिक व्यक्तित्वको सम्झना लामाचौरले लामो समय सम्म गरिेरहने छ ।
त्यसोत वहाँका सुपत्र सुमन केसी पनि समाजसेवामा लागि सक्नु भएको छ। बाबाको समाजसेवालाइ निरन्तरता अवस्य दिनुहुने छ ।
टाढैबाट भएपनि स्वर्गीय समाजसेवि र लायन्स बादका अभियन्ता गोबिन्द बहादुर केसी प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार प्रति समबेदना प्रकट गर्दछु ।
Related