पोखरामा १४८ सहित गण्डकी प्रदेशमा थप २१० जनामा कोरोना संक्रमण पुष्टि
"१ सय १८ जनाको मृत्यु "
तपाईको प्रतिक्रिया





पोखरामा १४८ सहित गण्डकी प्रदेशमा थप २१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पोखरा महानगरपालिकाका विभिन्न वडाहरुमा १ सय ४८ सहित गण्डकी प्रदेशमा शनिबार थप २ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
यो सँगै गण्डकी प्रदेशमा १० हजार २ सय ८५ जनामा कोरोना संक्रमित पुगेका छन् ।
गण्डकीका कुल संक्रमितमध्ये ४ हजार ९ सय ९९ जना निको भएका छन् । १ सय १८ जनाको मृत्यु भएको छ ।
कोरोनाबाट मृत्यु हुनेमा कास्कीका ५५, नवलपुरका १९, तनहुँका १५, स्याङ्जाका ९, गोरखाका ८, बागलुङका ८, म्याग्दीका २, पर्वत र लमजुङका १र१ जना छन् ।
Related