लेनिन जयन्तिमा लेनिनकै तस्विर छुटेपछि कार्यक्रम स्थलमै नारावाजी
/९ बैशाख २०७५, आईतवार ०८:२२ , प्रकाशीत
काठमाडौं । लेनिन जयन्तीका अवसरमा आयोजित कार्यक्रमको ब्यानरमा लेनिनकै तस्बिर नभएको भन्दै माओवादी केन्द्र तथा एमालेका कार्यकर्ताले नाराबाजी गरेका छन् । राष्ट्रिय सभामा आइतबार आयोजित नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवस तथा लेनिन जयन्ती कार्यक्रम सुरु हुनुअघि नै कार्यकर्ताले हुटिङ गरिरहेका छन् ।
विश्व सर्वहारा वर्गका नेता भ्लादिमिर इल्चिच लेनिनको १४८ औैंँ जन्मजयन्ती तथा नेपाल कम्युनिष्ट पार्टीको ६९ औंँ स्थापना दिवसका अवसरमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमको ब्यानरमा केपी ओली, प्रचण्ड, पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारीको तस्बिर राखिएको छ । कार्यकर्ताको हुटिङका कारण कार्यक्रम बिथोलिएको छ ।
कार्यकर्ताले नाराबाजी गरेपछि माअोवादी नेता वर्षामान पुनले गल्ती भएको भए सच्याउने भन्दै संयम रहन अाग्रह गरेका थिए । कार्यकर्ताको विराेधपछि ब्यानर हटाइएकाे थियाे ।
अनेरास्ववियूका कार्यकर्ता एेन महरले मञ्चमै गएर व्यानर नल्याएसम्म कार्यक्रम नै हुन नदिने र कार्यक्रममा नबस्ने बताएपछि ब्यानर निकालिएकाे थियाे । “हामी एकताको विरोधी होइनौँ, तर एकता समितिमा छलफल नगरी ब्यानर किन बनाइयो ? उनले भने । एमालेका कार्यकर्ता केही संयमित देखिए पनि माओवादीका कार्यकर्ता बढी उत्तेजक भएका थिए ।
एमाले नेता कृष्णगोपाल श्रेष्ठले यस्ता सानातिना कुराले कम्युनिस्टले एकता नरोकिने बताए । १ बजे शुरु हुने बताए पनि कार्यक्रममा ओली प्रचण्ड आइपुगेका छैनन्।

Related