पार्किङमा राखेका २ मोटरसाइकलमा आगजनी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
पोखरा-१७ बिरौटामा पार्किङ गरी राखिएका ग १२ प ८६९८ नं को बुलेट र ग ७ प ९७८८नं को होण्डा साईन मोटरसाइकलमा आगजनी गरेको आरोपमा प्रहरीले युवकलाई पक्राउ गरेको हो।
कात्तिक २६ गते राति बिरौटा स्थित सन्तोष आयल स्टोर्स अगाडि पार्किङ गरी राखेका २ मोटरसाइकलमा आगजनी गरेको आरोपमा प्रहरीले बिरौटा निवासी १९ वर्षीय दिवस रानाभाटलाई पक्राउ गरेको हो ।
आगजनी गरेर फरार रहेका उनलाई सिसी टिभी क्यामराको सहयोगमा पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ।
पक्राउ परेका रानाभाटले स्कुटरमा हिंडिरहँदा स्कुटरको तेल सकिएको र पेट्रोल खोज्ने क्रममा मोटरसाईकल देखेर तेल निकाल्न खोज्दा आफूले पिइरहेको चुरोटबाट आगो सल्केको प्रारम्भिक वयान दिएको प्रहरीले जनाएको छ।
आगलागी गरी फरार रहेका रानाभाटलाई वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

Related