कास्की क्षेत्र नम्बर तीन (क) मा २५ वटा योजना छनौट
"२ करोडको लागि साना ठुला गरी २५ वटा योजना छनौट "
तपाईको प्रतिक्रिया





गण्डकी प्रदेशको कास्की क्षेत्र नम्बर ३ (क) मा यस बर्ष निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्र्तगत २५ वटा योजना छनौट भएका छन्।
प्रदेश सांसद रामजी प्रसाद बराल (जीवन) को संयोजकत्वमा हालै बसेको बैठकले योजना छनौट गरेका हुन् ।
कृषि, पर्यटन सहितका क्षेत्र समेटिने गरी २ करोडको लागि साना ठुला गरी २५ वटा योजना छनौट गरेको सांसद बरालले दाबी गरे ।
सर्वसम्वतबाट पोखरा महानगरको १,२, ३, १८,१९ र २५ वटा वडा र माछापुच्छ्रे गाउँपालिकाका १ देखि ९ वटै वडाहरुमा आवश्यकताको आधारमा योजना छनौट गरिएको उनले जनाए ।
उनले भने “ यस बर्ष संसोधन भएको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम नियमावली अनुसार कृषि, पर्यटनको क्षेत्रमा २५ प्रतिशत भन्दा बढी बजेट विनियोजन गरेका छौं । ”
यस बर्ष देखि लागु भएको समानुपातिक सांसदको हकमा पनि ३० प्रतिशत बजेट विनियोजन गर्ने बिषयमा सांसद पुष्पा केसी भण्डारीसंगको सहकार्यमा योजना छनौट गरिएको सांसद बरालले जनाए ।
छनौट भएका योजनाहरुलाई अब निर्माण कार्यलाई मुर्त रुप दिन उपभोक्ता समिति गठन गर्न समेत सांसद बरालले आग्रह गरे ।
आवश्यकताको आधारमा छनौट भएका योजना समयमै सम्पन्न गर्न सवै तहबाट सहयोग आवश्यक भएको सांसद भण्डारीले बताइन्।
पूर्वाधार विकास कार्यालय कास्कीका डिभिजवन प्रमुख दिनेश घिमिरेले आउँदो पुष महिना भित्र सवै योजनाहरु कार्यालयसंग आवश्यक प्रकृया मिलायर सम्झौता गर्नु पर्ने बताए ।
पुष अघि उपभोक्ता समिति गठन भएसंगै सवै क्षेत्रलाई समेटेर सहजीकरण गराउने उद्धेश्यले एक दिने तालिम समेत आयोजना गर्ने आफुहरुले आन्तरिक तयारी गरेको उनले जनाए ।
छनौट भएका योजनाहरु मध्य न्यूनतम एक लाख देखि अधिकतम २५ लाखका योजनाहरु समेटिएको सांसद बरालले जनाए ।
पोखरा १ र ३ को सिमानामा पर्ने तुल्सीघाट पूर्वाधार एवं बाटो निर्माणको लागि एत्तः योजनाबाट २५ लाख, माछापुच्छ«े गाउँपालिका वडा नम्बर ८ को खोराकोमुख ल्वाङ कोलेली कृषि सडक एवं पाखा पहिरो नियन्त्रण योजनाको लागि पछि २५ लाख विनियोजन भएको छ ।
पोखरा २ को पर्यटन पूर्वाधार होमस्टे प्रबेश मिरुवा रत्नमार्गको लागि १० लाख, पोखरा १८ को जामुनवोट खेल मैदान निर्माणको लागि
९ लाख, पोखरा १९ को आचार्यथर खेल मैदान निर्माणको लागि ९ लाख ५० हजार, पोखरा २५ को विश्वकर्मा बस्ती सडक तथा जैसी कुना डहरे देउराली मार्ग पुल निर्माण योजनाको लागि ११ लाख विनियोजन गरिएको छ।
पोखरा ३ को छन्त्याल समाजको खेल मैदान निर्माणको लागि ५ लाख, पोखरा १८ को विभूती पार्कमा जनयुद्ध जनआन्दोलनका शहिदहरुको शालिक पूर्वाधार निर्माणमा २ लाख विनियोजन गरिएको सांसद बरालले जनाए ।
त्यसै गरी माछापुच्छ्रे गाउँपालिका १ मा करुवा खोप केन्द्र तथा समाज भवन कम्पाउण्ड एवं सौचालय निर्माणमा ३ लाख ५० हजार,
१ कै उइदुवेशी सिंचाई योजना (मिर्सा) को लागि ५ लाख,च्याङलुङ पर्यटन मार्ग योजनाको लागि ८ लाख ५० हजार, ३ को खरीवोट भलावोट एवं वाइसधारा बाटो विस्तार योजनाको लागि ८ लाख ५० हजार विनियोजन गरिएको छ।
माछापुच्छ्रे ४ को परियार टोल तथा सुनार टोल भित्रि पैदल एवं कृषि मार्गको लागि ८ लाख ५० हजार, माछापुच्छ्रे ५ को चिसोपानी
घोरखाली खोला नियन्त्रण योजनाको लागि ८ लाख ५० हजार, माछापुच्छ्रे ६ को सयचौकी कृष्ण गौडा नौडाँडा ग्रामिण कृषि सडक निर्माण योजनाको लागि ५ लाख ५० हजार विनियोजन गरिएको छ।
माछापुच्छ्रे ६ कै चेतनशिल आमा समुहको भवन निर्माण योजनाको लागि ३ लाख, माछापुच्छ्रे ७ को खेतियोग्य जमिन संरक्षण एवं पहिरो नियन्त्रण (चौरको विरुवा शान्तिटोल) खानीगाँउ पैदल मार्ग योजनाको लागि ९ लाख ५० हजार विनियोजन गरिएको छ।
माछापुच्छ्रे ९ को भिमजुङ तथा उपल्लो तादीखोला पर्यटन गोरेटो बाटो निर्माण योजनाको लागि ८ लाख ५० हजार, माछापुच्छ्रे ८ कै भेडावारी सामुदायिक भवनमा फर्निचर तथा फर्निसिङ खरिदमा ३ लाख ५० हजार विनियोजन भएको छ ।
त्यस्तै पोखरा १९ को गेगटेखोला चारघरे खानेपानी योजनाको लागि ३ लाख ५० हजार, पोखरा १९ को डन्डेको कुलो, वौरेली कुलो, साहूको कुलो मर्मतमा ३ लाख, पोखरा १९ को गैरी शंकर शिवालय मन्दिर संरक्षणमा एक लाख विनियोजन गरिएको छ।
पोखरा १९ को सतिघाँटको क्रियापुत्री भवनको निर्माणको लागि र कुरायाँ चौतारामा क्रियापुत्री भवन निर्माण सहयोगको लागि ६ लाख ५० हजार, पोखरा १९ कै ओम शिवशमी कल्याणी केन्द्र(वाल आश्रम) को छानो निर्माणको लागि १४ लाख विनियोजन गरिएको छ।
ढकालथर हुदै सराङकोट जाने बतास मार्ग निर्माण एवं स्तरउन्नतीको लागि ४ लाख ५० हजार बजेट विनियोजन भएको सांसद भण्डारीले जनाइन्।
Related