• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

मन्त्री विश्वकर्माले अनेरास्ववियूको बिद्यालय सामग्री वितरण अभियान शुरु गर्दै ५ विद्यार्थीको अभिभावक बने

  •      /९ बैशाख २०७५, आईतवार १५:५७ ,  प्रकाशीत
  • पोखरा, ९ वैशाख । सरकाले थालेको विद्यार्थी भर्ना अभियान अन्तर्रगत युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले आइतबार कास्कीमा ५ जना विद्यार्थी भर्ना गरेका छन् । मन्त्री विश्वकर्माले पाँच विद्यार्थी भर्ना गर्दे उनीहरुको अभिभावकत्व ग्रहण गरेका हुन।
    विद्यार्थी भर्ना अभियानको अवसरमा अनेरास्ववियु कास्की भूगोल कमिटिले सञ्चालन गरेको तेस्रो भर्ना अभियान तथा कापि कलम वितरण कार्यक्रमको मन्त्री विश्वकर्माले शुरु गरेका हुन् ।

    विश्वकर्माले आइतबार दलित तथा जनजाती परिवारका छोरा÷छोरी मध्ये २ जना छात्र र ३ जना छात्राको अभिभावकत्व लिदै माध्यमिक तह सम्मको शिक्षा प्रदान गर्ने घोषणा गरे ।
    अघौँ घर भई हाल आफ्न्तको घरमा पोखरा —१९ घार्मी बस्दै आएका ८ वर्षिय विशाल सुनार र म्यादी घर भई हाल घार्मीमा नै बस्दै आएकी ८ वर्षिया रेखापुनलाई स्थानिय महेन्द्र मा.विमा भर्ना गर्दै मन्त्री वि.कले विद्यालय सामाग्री सहित नगद १० हजार रुपैँया विद्यालयका प्रधानध्यापक बासुदेव पौडेललाई हस्तान्तरण गरे ।
    त्यसै गरि आइतबार नै पोखरा १८ भकुन्डेको शान्ता माविका कक्षा नर्सरीमा शुसी जालारीलाई भर्ना गर्दै अभिभावकत्व ग्रहण गरे । त्यसै गरि पोखराको नविन माविका कक्षा २ मा अध्ययन गर्ने रविना नेपाली र कक्षा ५ मा अध्ययन गर्ने रञ्जित नेपालीको अभिभावकत्व ग्रहण गरेका हुन् ।
    मन्त्री विकले शिक्षा, स्वास्थ्य र रोजगारीको जिम्मेवारी राज्यले लिनुपर्ने बताए । उनले शिक्षा र स्वास्थ्य मौलिक हक भएको उल्लेख गर्दै शिक्षामा देखिएको विभेदलाई अन्त्य गर्न सरकार लागि परेको बताए । त्यस अवसरमा मन्त्री विकले विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि आफूले पहलगर्ने जानकारी दिए ।

     

     

     

     

     

     

    अनेरास्वुवियु कास्की भुगोल कमिटिले विगत तीन वर्ष देखि सञ्चालन गर्दै आएको भर्ना अभियान तथा कापि कलम अभियान पोखरा १८ शान्ता माविबाट शुरु भएको हो ।
    कार्यक्रममा अनेरास्वुवियु कास्की भुगोल कमिटिका उपाध्यक्ष तथा अभियानका संयोजक लक्ष्मण तिमिल्सिनाले अभियानले शिक्षाबाट बन्चित भएका विद्यार्थीको शिक्षाको ढोका खोलेको बताए । उनले निम्न वर्गका विद्यार्थी र जेहेन्दा विद्यार्थीलाई सहयोग कापि र कलम सहयोग गर्दै आएको बताए । उनले शान्ता माविमा कक्षा ६ मा अध्ययनरत विष्णुमाया तामाङको अभिभावकत्व ग्रहण गरेका छन् । उनले मावि सम्म अध्ययन गराउने बताए ।
    अनेरास्वुवियु कास्की भुगोल जिल्ला कमिटिका अध्यक्ष शेखर गौतमले यो अभियानलाई अन्य विद्यालयमा पनि सञ्चालन गर्ने बताए । सो अवसरमा शान्ति माविमा अध्ययनरत ३० जना विद्यार्थीलाई कापि कलम अभियान अन्तरगत मन्त्री विकले वितरण गरेका थिए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.