पोखराका दुइसहित गण्डकी प्रदेशमा थप ४ जनाको कोरोना संक्रमणबाट मृत्यु
"कास्की २, तनहुँ र लमजुङका १÷१ जनाको मृत्यु "
तपाईको प्रतिक्रिया





गण्डकी प्रदेशमा थप ४ कोरोना संक्रमितको मृत्यु भएको छ । कास्की २, तनहुँ र लमजुङका १÷१ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य निर्देशनलाय गण्डकी प्रदेशका अनुसार मृत्यु हुनेमा पोखरा १५ का ५२ वर्षीय पुरुष र पोखरा १० का ६९ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
पोखरा १५ का ५२ वर्षीय पुरुषकोे शुक्रबार गण्डकी मेडिकल कलेजमा निधन भएको हो । मंसिर ८ गते कोरोना भाइरस संक्रमण पुष्टि भएका उनमा निमोनिया र मधुमेहको समस्या थियो ।
पोखरा १० का ६९ वर्षीय कोरोना संक्रमित पुरुषको शुक्रबार राति साढे ९ बजे गण्डकी मेडिकल कलेजमा निधन भएको हो ।
त्यस्तै मंसिर ११ गते संक्रमण पुष्टि भएका तनहुँ रिसीङ ८ की ७८ वर्षीया महिलाको शुक्रबार बेलुका मणिपाल शिक्षण अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो ।
लमजुङ मध्यनेपाल ६ का ८५ वर्षीय कोरोना संक्रमित पुरुषको शनिबार दिउँसो २ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय ५२ पुगेको छ ।
Related