• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा कोरोना सङ्क्रमणबाट दुई जनाको मृत्यु

"प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या एक सय ५४ "
  •    शुभेच्छा न्यूज  /१४ मंसिर २०७७, आईतवार १५:५४ ,  प्रकाशीत
  • पोखरामा कोरोना सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ।

    स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार मृत्यु हुने पोखरा पोखरा महानगरपालिका १९ का ५७ वर्षीय व्यक्ति रहेका छन्।

    मङ्सिर ११ गते सङ्क्रमणको पुष्टि भएपछि उनको उपचार गण्डकी मेडिकल कलेजमा भइरहेको थियो। निमोनियाबाट ग्रसित रहेका ती पुरुषको मृत्यु शनिवार राती करिब साढे नौ बजे भएका हो।

    यस्तै अर्का पुरुष पोखरा महानगरपालिका–११ का ६० वर्षीय रहेका छन्। उनको आइतबार बिहान उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो।

    गत मङ्सिर सात गते सङ्क्रमणको पुष्टि भएका ती पुरुषमा निमोनिया, उच्च रक्तचाप र मुटु सम्बन्धि रोगको समस्या रहेको थियो।

    योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या एक सय ५४ पुगेको छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.