• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

वालवालिकालाइ स्कूल जान जागरुक बनाउन आधादर्जन विद्यायलमा शैक्षिक सामाग्री

  •     कृष्ण अन्जान ज्ञवाली  /१६ मंसिर २०७७, मंगलवार १२:०५ ,  प्रकाशीत
  • बिहानै देखि रुरु ३ थानपतिका विद्यालयमा पढ्ने स–साना बालबालिकाहरु गाई गुइँ हल्ला गर्दै थिए/आज सबै स्कुल जानू पर्छ नयाँ झोला पाइन्छ रे ।

    कोभिड १९ को संक्रमणको त्रासले विद्यालय नगएका बालबालिका पनि छिटै स्कुल हिँडेको देखिन्यो ।

    विद्यालयले विद्यार्थीका अभिभावकहरुलाइ समेत बोलाएको थियो ।अपरान्हको १२ वज्दा नवज्दै विध्यालयमा अभिभावक समेत जम्मा भइसकेका थिए ।

    केही बेरमा एक हुल मान्छेहरु आए र कार्यक्रम शुरु भयो ।विध्यालयमा आएका नयाँ मान्छेहरुले राता र निला राम्रा झोला समेत ल्याएका थिए ।

    विद्यालयमा आएका ती मान्छेहरुले झोला खोले त्यसभित्र रहेका कापि ज्यामिति बक्स, कलर बक्स, कापीकलम झिकेर फेरि विद्यार्थी र अभिभावकहरुलाइ झोलामा सामाग्री राख्न सिकाए । सबै विध्यार्थीहरुलाई पालै संग एकएक वटा झोला दिए ।

    रुरुक्षेत्र गाउँ पालिका ३ सागर पोखरीमा मंसिर १४ गते अपरान्हको नजारा हो यो ।

    ग्वाँदीका समाजसेवी मंगलबहादुर रेगामीको पहलमा चाइना फाउण्डेशन र अपांग पुर्नस््थापना समाजको सहयोगमा एकै दिन रुरु क्षेत्र का ४ वटा प्राथमिक ३ वटा बालविकास केन्द्र र राष्ट्रिय माध्यमिक विध्यालयका विध्यार्थीहरुलाइ यी शैक्षिक सामाग्री बितरण गरेर शैक्षिक विकासमा योगदानको हात बढाएको छ ।

    हामीले विद्यार्थीहरुमा शैक्षिक जागरण सँगै विद्यालय जाने वानीको विकास होस भनेर यो अभियान थालेको समाजसेवी मंगल रेगामीले बताए।

    झोला र शैक्षिक सामाग्री पाएपछि वालवालिका उत्साहित भएको र उनिहरु विध्यालयमा निरन्तर आउने आशा गरिएको प्रतिभा प्राथमिक विद्यालयका प्रधानध्यापक लक्ष्मण पन्थीले प्रतिकृया दिए।

    चीन सरकारको तर्फबाट उपहार लेखिएका राता र निला एकैनाशका झोला बोकेर आफ्ना छोराछोरी घर फर्किँदा अभिभावक पनि छोरा छोरी सँग रमाएको देखियो ।

    चीन सरकारको सहयोगमा यसरी बाँडिएक शैक्षिक सामाग्रीका कारण विद्यार्थीहरुलाइ विद्यालय जानू पर्ने कुरामा उत्प्रेरित गरेको छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.