उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ र उनका परिवारले लगाए चीनमा बनेको कोरोनाको खोप
तपाईको प्रतिक्रिया





उत्तर कोरियाली सर्वोच्च नेता र उनको परिवारको बारेमा फेरी अर्को समाचार सार्वजनिक भएको छ ।
किमको परिवारले कोरोना विरुद्धको खोप लगाएको समाचार सार्वजनिक भएको छ । किम र उनको परिवारले चीनमा बनेको कोरोना विरुद्धको खोप लगाएको अमेरिकी विज्ञहरुले दाबी गरेका छन्।
चीनले प्रदान गरेको कोरोना खोप किम, उनका परिवार साथै त्यहाँका उच्च सरकारी अधिकारीहरुले लगाएको जापानी जासुसी स्रोतलाई उद्धृत गर्दै वासिंटनस्थित थिंक ट्यांक संस्था नेसनल इन्टरेस्टले जनाएको छ।
अमेरिकी मिडियामा किमका बारेमा अनेक समाचार प्रकाशन हुँदै आएका छन् । उक्त थिंक ट्यांकका उत्तर कोरियाली विज्ञ ह्यारी काजियानिसले कुन कम्पनीको खोप किम र उनका परिवारले लगाए भन्ने कुरा भने थाहा पाउन नसकिएको जनाएका छन् ।
किमले चीनमा बनेको र प्रभावकारी मानिएको खोप नै लगाएको अनुमान अमेरिकी विज्ञले गरेका छन् ।
चीनमा हाल तीनदेखि चार किसिमका खोप परीक्षणका क्रममा रहेका छन्।
तीमध्ये एउटा खोप चीनभित्रै करिब १० लाख व्यक्तिलाई लगाइएको छ। तर खोपको नतिजा सार्वजनिक नगरिएकाले यसको प्रभावकारिता र सुरक्षाका विषयमा निक्र्यौल हुन सकेको छैन।
उत्तर कोरियामा हालसम्म कोरोनाभाइरस संक्रमणका बारेमा केही जानकारी सार्वजनिक गरिएको छैन। तर गत जनवरीदेखि नै उत्तर कोरियाली सीमामा निकै कडाई गरिएको छ।
Related