पोखराका ७१ सहित गण्डकीमा थप ८४ जनामा कोरोना पुष्टि
"संक्रमणबाट मुक्त हुनेको संख्या ७ हजार २ सय ९१ "
तपाईको प्रतिक्रिया





पोखराका ७१ सहित गण्डकीमा थप ८४ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकीका १५६ जनाको परीक्षण गरिएकोमा थप ८४ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।
शुक्रबार पुष्टि भएका संक्रमितमा कास्कीको पोखरा महानगरका ७१, तनहुँमा १, स्याङ्गजामा २, बाग्लङमा १ र म्याग्दी जिल्लाका ९ जना रहेका छन् ।
गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १२ हजार ४ सय ७९ पुगेको छ । पछिल्लो २४ घन्टामा गण्डकीबाट १३ जना कोरोना मुक्त भएका छन् ।
यो संगै प्रदेशमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ७ हजार २ सय ९१ पुगेको छ ।
कोरोना संक्रमणका कारण शुक्रबार गण्डकीमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा -८ निवासी ६६ वर्षीया वृद्धा रहेकी छन् ।
गत मंसिर १३ गते कोरोना पुष्टि भई चरक मेमोरियल अस्पताल भर्ना भएकी उनको उपचारकै क्रममा आज मृत्यु पुष्टि भएको हो ।
आज थप भएका मृतक संगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १६३ पुगेको निर्देशनालयले जनाएको छ ।
Related