• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

ट्याक्सीको मिटर नचलाएको आरोपमा चालक समातेपछि ब्यवसायी आन्दोलित

  •      /२६ पुष २०७४, बुधबार ०५:०८ ,  प्रकाशीत
  • पोखरा । ट्याक्सीका चालकहरुले पोखरामा मुख्यबजारका चोकहरुमा आफ्ना सवारीका साधन तेर्साएर सवारी आगमन ठप्पपारेका छन्। मिटरमा चल्ने भनी प्रशासनबाट स्कृती लिएपनि लामो समयदेखी मिटर नचलाई आफुखुशी यात्रुहरुसंग मनलाग्दो भाडा लिदै आएका थिए।
    प्रशासनले ब्यवसायीहरुलाई पटकपटक मिटरमा यात्रु बोक्न आग्रह गर्दा समेत उनीहरुले नमानेपछि मंगलवार मिटरमा नचल्ने ट्याक्सीलाई ट्राफिक प्रहरीले कारबाही गरी चालकलाई पक्राउगरेपछि ब्यवसायीहरु बुधबार विहानैदेखि आन्दोलनमा उत्रिएका हुन् । मंगलबार पोखराका विभिन्न ठाउँबाट सिविल पुलिसले १८ जनालाई समातेर जिल्ला प्रहरी कार्यालयमा राखेको छ ।
    मुलुक संक्रमणकालीन अवस्थामा रहेको मौकाछोपेर ब्यवसायीहरुले आफुखुशी मनलाग्दो भाडालिने र ट्याक्सी मिटरमा चलाउन अटेरी गर्दै आएका थिए। चालकले मिटर नचलाएर मनपरी भाडा असुल्ने गरेको सर्वसाधारणको ब्यापक गुनासो बढ्नथालेपछि सादा पोषाकमा प्रहरी खटिएर छड्के जाँच गरेको थियो ।
    पहिलेकै नियम कार्यान्वयनका लागि सादा पोसाकका प्रहरी खटाएर कारवाही प्रक्रियामा गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ । ब्यवसायीको आन्दोलनले पोखराको मुख्य चोक पृथ्वीचोकमा गाडीहरु लामो जाममा परेका छन् । उनीहरु नाराबाजी सहित सडकमा प्रदर्शन गरिरहेका छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.