उद्योगलाई व्यवस्थीत गर्न प्रदेश सरकार कटिबद्ध छ ; मन्त्री लम्साल
"निर्धक्कका साथ उद्योगमा लगानी बढाउनु होस, सरकार सधैँ तपाईको साथमा छ "
तपाईको प्रतिक्रिया





गण्डकी प्रदेशकाउद्योग, पर्यटन, वनतथावातावरण मन्त्रीविकास लम्सालले उद्योगहरु लाई व्यवस्थीततवरले सञ्चालनगर्न प्रदेश सरकार कटिबद्ध रहेको बताउनुभएको छ ।
शनिवार फर्निचर तथा फर्निसिङ व्यवसायी संघ कास्कीको १७औं साधारणसभा तथा १० औंअधिवेशनको उद्घाटन गर्दै मन्त्रीलम्सालले अव्यवस्थीत ढंग बाट सञ्चालीतउद्योगलाई व्यवस्थीत ढंगबाट सञ्चालनगर्ने वातावरण सरकारले तयार पार्ने बताउनुभएको हो ।
व्यवसायीको हकहितको संरक्षण गर्नका लागि प्रदेश सरकार सधै कटिबद्ध रहेको बताउदै उहाँले निर्धक्कका साथ उद्योग धन्दामा लगानी बढाउन उद्योग व्यवसायीलाई आग्रह समेत गर्नुभयो ।
“अब हामी जथाभावी रुपमा उद्योग सञ्चालन गर्न दिदैनौँ,कानुनको दायर भित्र ल्यायर सहज व्यवसाय गर्ने वातावरण मिलाउछौँ, मन्त्री लम्सालले भन्नुभयो,” तपाई निर्धक्कका साथ उद्योगमा लगानी बढाउनु होस, सरकार सधैँ तपाईको साथमा छ” ।
उद्योगहरु लाई व्यवस्थीत ढंग बाट सञ्चालनगर्न प्रदेश सरकारले एक स्थानीय तहमा, एक औद्योगिकग्राम’ स्थापनाको योजना अगाडी बढाएको बताउनुभयो ।
मुलुकलाई समृद्ध बनाउने र रोजगारी सिर्जना गर्ने अभियानमा तत्परताका साथलाग्न समेत उद्योगीलाई मन्त्री लम्सालले आग्रह गर्नुभयो ।
उहाँले फर्निचर सामाग्रीहरुगुणस्तरीय र आकर्षकबनाउन समेत आग्रह गर्नु भयो ।
फर्निचर तथाफ र्निसिङ व्यवसायी संघ कास्कीका अध्यक्ष प्रेमराज बसौलाले फर्निचर व्यवसायलाई राज्यले संरक्षण र सहुलियत दिन नसकेको गुनासो गर्नु भएको थियो ।
सरकारले व्यवसायी मैत्री वातावरण बनाउन तर्फ ध्यान दिनु पर्ने उहाँको भनाई थियो ।
Related