पोखरा उद्योग वाणिज्य संघको ३३ औं महाधिवेशन आउँदो पुसको २४ र २५ गते हुने भएको छ ।
आइतबार पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।
संघका महासचिव अर्जुन पोखरेलका अनुसार यसै महाधिवेशनले आउँदो २ वर्षको लागि संघको नयाँ नेतृत्व चयन गर्नेछ । महासचिव पोखरेलका अनुसार महाधिवेशन अन्तर्गत निर्वाचनको कार्यक्रम पुस २५ गते हुनेछ ।
जिल्ला प्रशासन कार्यालय कास्कीले विद्युतीय माध्यमबाट साधारण सभा र स्वास्थ्य सुरक्षाका मापदण्ड कायम गर्दै सम्भव भएसम्म अलग–अलग ठाउँमा मतदान कार्यक्रम गर्न स्वीकृति दिएलगत्तै यो निर्णय भएको महासचिब पोखरेलले बताए ।
‘साधारणसभा विद्युतीय माध्यमबाटै गरिने छ’ उनले भने।‘प्रशासनको स्वीकृति अनुसार संघको चुनावी कार्यक्रम पोखराको नयाँबजारमा रहेको प्रदर्शनी केन्द्र सहितका स्थानमा गरिने छ ।’
मतदान केन्द्रमा कोभिड–१९ बाट बच्नको लागि सम्पूर्ण सुरक्षा सावधानी अपनाइने उनले बताए ।
संघको आसन्न अधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उद्योग र वाणिज्यतर्फका २ जना उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष र
उपमहासचिवसहित पोखरा उद्योग वाणिज्य संघको विधान अनुसार १० जना साधारण सदस्यका तर्फबाट,४ जना बस्तुगत,२ जना एसोसियट र १ जनाले औद्योगिक सदस्यका तर्फबाट संघको कार्यसमितिमा प्रतिनिधित्व गर्नेछन् ।
निर्वाचनको कार्यक्रम निर्वाचन समितिले तय गरेलगत्तै सार्वजनिक गर्ने पनि संघका महासचिव पोखरेलले जनाए ।

Related