• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

आधुनिकतासंगै संकटमा परेको ज्योति दामाईको परम्पारागत पेशा

  •    शुभेच्छा न्यूज  /२५ मंसिर २०७७, बिहीबार २०:०४ ,  प्रकाशीत
  • जीवनका त्रिहत्तर वर्ष पार गरेका ज्योति दमाई आजभोलि आफ्नो पुर्ख्यौलि थलोमा खनिखोस्रीमा दिन कटाउ छन् ।

    कुनै समय थियो ज्योति दमाइले दमाहा बजाउन थालेपछि गाउँमा के हुँदैछ भन्ने सँकेत हुन्थो र दमाहाले गाउँलेको ध्यान केन्द्रित गरेपछि हाक हालेर वहाँले सूचना सम्प्रेषण गर्नु हुन्थ्यो ।

    २००४ सालमा रुरुक्षेत्र १ को च्युरेक गाउँमा जन्मनु भएका ज्योति दमाईले आफु ११ वर्षको हुँदा २०१३ सालबाट बाबुबाजेले धानेको कटुवालको जिम्मेवारि लिनु भएको हो ।

    ज्योति दमाई भन्दा पहिले वहाँको वाउबाजेको छैटौँ पुस्ताले च्युरेकमा हाक हालेको इतिहास छ ।

    ज्योति दमाई सातौँ पुस्ताका कटवाल हुनुहुन्थ्यो र यहि पुस्ताबाट हाक हाल्ने कामको अन्तत्य भएको छ ।

    निशुल्क स्वयँसेवाको काममा रहेको यो पेशामा गाउँमा कसैले निमेक दिइहाले लिने तर खासै केही नलिइकन आफुले बाबुबाजेको पेशा सम्हालेको वहाँ बताउनु हुन्छ ।

    गाउँका बाटाघाटा विद्यालय पाटी पौवा खानेपानी लगाएत विकास निर्माणमा गाउँलेलाई जुटाउने काम कटुवालकै हुने गर्दथ््यो ।

    पुर्खाले धेरै शताव्दी यो काम गरेको यो परिवारमा ज्योति दमाइले करिब ६५वर्ष च्युृरेक गाउँमा हाक हालेर बिताउनु भएको छ ।

    गाउँका सभा सम्मेलन गाउँसभा, विकासे कामका आम भेला र बाटो घाटो कुला पधेरा विध्यालय बनाउन हाकहालेका ज्योति दमाई घरमुनिको बाटोले घर जोखिंममा परेपछि पिडामा हुनुहुन्छ ।

    लामो समय हाकहालेका ज्योति दमाई गतवर्ष बाट यो कामबाट बिदा लिएपनि राज्यले आफ्नो पेशाको सम्मान नगरेकोमा दुखि हुनुहुन्छ ।

    नजिकैको थानपतिमा कटवालको पेशाबाट बिदा लिँदा कटवाल बिरबहादुर परियारलाई सम्मान गरेको सुनेको छु तर मलाइ कसैले सोधखोज गरेन दुखि हुँदै ज्याति दमाईले भन्नु भयो ।

    हामिले राज्यले केही देओस भनेका छैनौँ मात्र सातौँ पुस्ता सम्म हाम्रो परिवारले गरेको कटवाल पेशाको सम्मान हुनुपर्छ एउटा प्रमाणपत्र भए पनि पायौँ भने पछिल्लो पिँढीले हाम्रो पुस्ताले यो काम गरेको रैछ भनेर सम्झने थियो वहाँ ले गुनासो पोख्नु भयो।

    निश्चय पनि पुरानो कटुवाल प्रथाबाट बिदा लिँदै गरेका ज्योति दमाई कटवाल प्रथाका जिउँदा इतिहासको सम्मानमा राज्यले ध्यान दिनु पर्ने देखिएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.